राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल भएको छ । आइतबार सिंहदरबारमा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल भएको माओवादीका उपमहासचिव वर्षमान पुनले जनाए ।
“टीआरसीसम्बन्धी पीडित पक्ष र विभिन्न सरोकारवालाहरूले उठाएका, चर्चा भएका विषयहरूमा र त्यसबारेमा भइराखेको प्रक्रियाका बारेमा छलफल भयो,” उनले भने, “प्रधानमन्त्रीज्यूले हाल भइराखेका प्रक्रिया, पीडितहरूले उठाएको सरकारका विषयहरूमा छलफल भयो । ”
उनले प्रक्रिया सकारात्मक रहेको जानकारी पाएको बताए । “यो प्रक्रिया सकारात्मक रूपमा अघि बढेको पायौँ । कहाँ पुग्यो के भइराखेको छ भन्ने जानकारी गरायौँ,” उनले भने ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२ १९:२७
प्रतिक्रिया दिनुहोस्