site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुनुवाइ समितिमा कार्कीले भने– तत्कालीन प्रधानन्यायाधीशको आग्रहमा म सर्वोच्चमा गएको हुँ

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतको न्यायाधीशमा सुरुमा आफूलाई जान मन नभएको बताएका छन् । तत्कालीन प्रधानन्यायाधीशको आग्रहपछि मात्रै आफू सर्वोच्चमा गएको उनले बताएका छन् । 

“इमान्दार भएर भन्दा मलाई सुरुमा सर्वोच्च जाने मन थिएन । तर तत्कालीन प्रधानन्यायाधीशले आउनुहोस् जिम्मेवारी निर्वाह गर्नुहोस् भन्नुभयो र म त्यहाँ गएँ,” कार्कीले संसदीय सुवाइ समितिको बैठकमा भने । 

Dabur Nepal
NIC Asia

कार्कीमाथिको सुनाइ जारी छ । समितिको बैठकमा उनले २०४० देखि २०७२ सम्म आफूले कानुन व्यवसायीको रुपमा काम गरेको बताएका छन् । “मैले फौजदारी, देवानी मुद्दा हेर्ने निजी संस्थामा कानुनी सल्लाहाकार भूमिका खेलेँ । राष्ट्रिय महत्वको  विषयमा काम गरेँ । राष्ट्र निर्माणमा भूमिका खेलेँ,” सनुवाइ समितिको बैठकमा उनले भने, “मैले सामाजिक अभियान्ताको रूपमा काम गरेको छु । नेपाल बारमा पनि बसेर संवैधानिक सर्वोच्चता कायम गर्ने अवसर पाएँ । कानुन व्यवसायी परिषद्को आवश्यकता देखेपछि त्योअनुसार परिषद् ऐन हामीले ल्यायौँ। त्यसमा मलाई गौरव छ ।” 

उनले आफू बार अध्यक्षमा २०६९ मा १० हजार मत ल्याएर निर्वाचित भएको पनि स्मरण गरेका छन् । न्यापालिकाको स्वतन्त्रतमलाई अघि बढाउन भूमिका निर्वाह गरेको भन्दै उनले काम गर्ने अवसर आएका बेला आफ्नो धर्म निर्वाह गरेको बताएका छन् । 

बारको कार्यकाल समाप्त हुन तीन महिना बाँकी रहँदा महान्यायाधिवक्ताको भूमिका निर्वाह गर्ने अवसर आएको बताएका उनले बताएका छन् । 

कोभिड र डेंगीले लामो समय अदालतमा काम नभएको भन्दै उनले यस्तो अवस्थामा पनि आफूले ५ हजार ५८६ मुद्दा फैसला गरेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro