site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आक्रामक शेखर, सरकार कि संयन्त्रप्रति ? 

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ‘सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्र’ विरुद्ध झन् झन् कडा हुँदै गएका छन् । सरकारबाहिर रहेका नेताहरू समेत सम्मिलित सत्ता सञ्चालन संयन्त्र क्रियाशील भएपछि कोइराला त्यसविरुद्ध उभिएका थिए ।

संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री डा. आरजु राणा र गृहमन्त्री रमेश लेखक छन् । त्यसरी एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् ।

कोइरालाले शनिबार नवलपुरमा त्यही अडान दोहोर्‍याए । नवलपुरको डण्डामा आयोजित नेपाल थारु संघको प्रथम अधिवेशन उद्घाटन गर्दै भने डा. कोइरालाले लोकतान्त्रिक व्यवस्थामा सरकार बाहिरबाट सरकारभन्दामाथि नियन्त्रण राख्नु सर्वथा अनुचित हुने तर्क गरे ।

“कुनै पनि लोकतान्त्रिक मुलुकमा त्यस्ता संयन्त्रहरूले सरकार चलाउन सक्दैन, पाउँदैन, हुँदैन र गर्न दिनु हुँदैन,” डा. शेखरले भने, “कम्युनिष्ट देशमा सरकारबाहिर पार्टीहरूका संयन्त्रले सरकार चलाउँछन् । तर हामी लोकतान्त्रिक मुलुकमा यस्ता संयन्त्रले सरकार सञ्चालन गर्न हुँदैन ।” 

उनले संयन्त्र बनाउने भए सरकारभित्रै बनाउन आग्रह गर्दै बाहिरबाट बन्ने संयन्त्र व्यवस्थाविपरीत हुने तर्क गरे । “सरकारभित्र संयन्त्र बन्छ भने बनोस्, सरकारकै मन्त्रीहरूका संयन्त्र बनाउनुुहोस् । हामीलाई आपत्ति छैन,” उनले भने ।

उनले सरकारका कमीकमजोरीबारे बोल्न कार्यकर्तालाई समेत प्रोत्साहित गरे । “संविधानमा पुनरावलोकन गर्न भनी यो सरकार बनेको हो । आजसम्म सिन्को भाँचिएको छैन । नीति तथा कार्यक्रममा त आएको छ, हेरौं के हुँदो रहेछ ?,” प्रश्न गर्दै डा. शेखरले भने, “सरकार आफैँ संविधान इन्कार गर्दैछ । खालि हुनु एक महिनाअगावै गभर्नर सिफारिस गर्नुपर्छ । गभर्नर दिनसमेत नसक्ने सरकारले सुशासन दिन्छ भनेर कसरी पत्याउने ?” 

उनले नवलपुरका सभापति, नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षहरूको नाम लिएरै गठबन्धन विस्तारित हुन नदिन आग्रह गरे । 

“हामी सबैलाई थाहा छ, भोलिका निर्वाचनमा हाम्रो प्रमुख प्रतिस्पर्धी नेकपा एमाले हो । जोसँग प्रतिस्पर्धा गर्ने हो, उसैसँग संयन्त्र बनाएर काम गर्दा हाम्रो संगठन ध्वस्त हुँदैन ?,” प्रश्न गर्दैै कोइरालले भने, “आज सहकार्य गर्ने, एउटै संयन्त्रमा बस्ने अनि चुनाव आएपछि उनीहरूबीच नै प्रतिस्पर्धा गर्दा जनताले विश्वास गर्न सक्छन् ?” 

उनले एमालेसँग सरकारमा सहभागी भएको भएपनि कमीकमजोरीमा कांग्रेसले आँखा चिम्लिन वा बचाउमा उभिन नसक्ने बताए । त्यस्तो जिम्मेवारी सरकारमा रहेका मन्त्रीहरूलाई छाडेर कांग्रेसले भने सरकारका गुण र दोष केलाउनुपर्ने बताए । 

“एमालेसँगको सहकार्य सरकारमा गएका कांग्रेसका मन्त्रीहरूले गर्नेछन्,” डा. कोइरालले भने, “तपाईं, हामी (म पनि) जो सरकारबाहिर छौं । हामीले सरकारको आलोचना गर्न सक्नुपर्छ ।” 

कोइरालाले निरन्तर सरकारको आलोचना गर्दै आएका छन् । सरकार गठनअघि कांग्रेस–एमालेबीच सहकार्यको पक्षमा उभिएका कोइरालाले सरकार गठनयता कमजोरी ढाकछोपमा सीमित हुनु हुँदैन भनी आलोचना थालेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro