site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘परस्त्री’को पहिलो गीत ‘माया बस्यो तिमीसँग...’ सार्वजनिक

काठमाडौं । काठमाडौं । चलचित्र ‘परस्त्री’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘माया बस्यो तिमीसँग...’ बोलको गीतमा केतन क्षेत्री र निखिता थापाको स्वर छ । कोसिस र केतन क्षेत्रीको कम्पोज र शब्दरचना रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । 

असार १५ गतेबाट प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक गीतको भिडियोमा सिनेमामा मुख्य कलाकार शिल्पा मास्के र अभिनेता गौरव बिष्ट फिचर्ड छन् । 

सार्वजनिक गीतमा वाइल्ड रिपर्जको कोरियोग्राफी छ । नेपाली र हिन्दीमा रिलिज हुने सिनेमाले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा भन्छ । 

सुरज पाण्डेको डेव्यु निर्देशन रहेको चलचित्रको कथा दीपेन्द्र के खनालले लेखेका हुन् । चलचित्रमा शिल्पा र गौरवसँगै कोसिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारीलगायत कलाकारको अभिनय छ ।

शर्मिला पाण्डेको निर्माण रहेको सिनेमा नेपाल र भारतमा एकसाथ रिलिज हुने निर्माण पक्षले जनाएको छ । चलचित्र हिन्दीमा डब भइसकेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro