site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संवैधानिक अधिकार सबैले पाउनुपर्छ, नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य छ : मनिष झा
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक प्रकृयासंगत नआएको बताएका छन् । उनले विधेयक आवश्यक भए पनि संसद् चलिरहेको बेला संसद्लाई छलेर विधेयक ल्याउनु उचित नभएको बताए ।

बाह्रखरीसँग कुराकानी गर्दै उनले देशमा नागरिकता पाएकाहरू बेचेर शरणार्थी बन्न जाने र नागरिकताको अभावमा आफ्नै देशमा अनागरिक भएर पीडामा बस्नुपर्ने विडम्वना व्याप्त रहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“जुन देशमा उच्च पदस्थ व्यक्ति मिलेर आफ्नै देशका नागरिकलाई शरणार्थी बनाएर बेच्न खोज्छन्, त्यही देशमा अर्कोपट्टि चाहिँ आफ्नै देशको नागरिक नागरिकता नपाएर पीडित छन् । यो मिल्दो भएन,” उनले भने, “नागरिक हुनैपर्ने नागरिकले नागरिकता नपाउनु पीडादायी कुरा हो । म मधेसको मान्छे भएकाले पनि मैले प्रत्यक्ष पीडा देखेको छु । तर, सुटुक्क नेपाली नागरिक भएकाहरू पनि मैले देखेको छु । तर, जे जस्तो भए पनि संविधानले दिएको अधिकार हो । कानुन, संविधान कार्यान्वयन गर्नु अपरिहार्य हो ।”

उनले थपे, “तर, संसद् चलिरहेको अवस्थामा संसदीय प्रकृयाबाट आउनुपर्थ्यो । सांसदहरूले यसलाई अघि बढाउनुपर्थ्यो । अहिले अपनाइएको प्रकृया गलत भयो ।”

सांसद झाले संविधानले दिएको अधिकारबाट कोही पनि वञ्चित हुन नहुने जानकारी दिए ।

“अनागरिक हुनु सबैभन्दा ठूलो पीडा हो । नागरिकता नपाएकाहरूले नागरिकता पाउनुपर्छ नै । जो नेपाली नागरिक हुन्, उनीहरूले नागरिकता पाउनुपर्‍यो नि,” झाले बाह्रखरीसँग भने ।

सांसद झाले प्रधानमन्त्रीको भारत भ्रमण र समकक्षीहरूसँगको भेटको सम्मुखमा किन गरियो भन्ने प्रश्न भने उब्जाएको उनले प्रतिकृया दिए ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्