site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल एमेच्योर ओपनमा पहिलो दिन सुवासलाई अग्रता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पहिलो दिन ६ अन्डर ६६ स्कोर गरेका सुवास तामाङले सोमबार नेपाल एमेच्योर ओपनमा अग्रता लिएका छन् । काठमाडौंको गोकर्ण गल्फ क्लबमा आजबाट सुरु भएको प्रतियोगितामा सुवासले आफ्नै देशका सद्भाव आचार्य र भारतका सुमित कोटवाललाई दुई स्ट्रोकले पछि पारेका हुन् ।

सुवासका टिम सहयात्री सद्भाव र भारतका कोटवालले चार अन्डर ६८ स्कोर गरेका थिए । सुवास र सद्भावको जोडीले टिम इभेन्टमा पनि अग्रता बनाउन सफल भएका छन् । टिम नेपालले १०–अन्डर १३४ स्कोर गरेका छन् ।

टिम इभेन्टमा भुटान दोस्रो स्थानमा छ । भुटानले २–अन्डर १४४ स्कोर गरेको छ । बंगलादेश तेस्रो र भारत चौथो स्थानमा छ । बंगलादेशले एक ओभर १४५ र भारतले तीन ओभर १४७ स्कोर गरेको छ । पाँचौँ स्थानमा रहको पाकिस्तानले १३ ओभर १५७ स्कोर गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

व्यक्तिगत स्पर्धामा सुवास शीर्ष स्थानमा रहँदा सद्भाव र कोटवाल संयुक्त रूपमा दोस्रो स्थानमा छन् । व्यक्तिगत स्पर्धाको चौथो स्थानमा रहन सफल भुटानका युगेन दोर्जीले ३–अन्डर ६९ स्कोर गरे । बंगलादेशका मोहम्मद सुमोन २–अन्डर ७० को स्कोर गर्दै पाँचौँ स्थानमा छन् । 

भुटानका टासी छिरिङ १–अन्डर ७१ स्कोरका साथ छैटौँ स्थानमा छन् । भुटानकै कर्मा दोर्जी खार्को र भारतका बरुण मुथप्पा १–ओभर ७३ स्कोरका साथ संयुक्त रुपमा सातौँ स्थानमा छन् । 

Global Ime bank

वाङ्चेन धोन्डुप, टासी दोङ, रेओन करिप्पा र प्रदीप केसी संयुक्त रुपमा नवौँ स्थानमा छन् । चारै जनाले समान २–ओभर ७४ स्कोर गरेका थिए । गर्ब लखमणी, शोफिक इस्लाम र हृदेशकुमार सिंह संयुक्त रुपमा १३औँ स्थानमा छन् । उनीहरू समान ३–ओभर ७५ स्कोर गरेका थिए । 

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा भइरहेको यस प्रतियोगिता ७२ पारमा खेलाइएको छ । बुधबार सम्पन्न हुने प्रतियोगिता खेलाडीले तीन दिनसम्म ५४ होलमा प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा बंगलादेश, भुटान, भारत, पाकिस्तान र नेपालका गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् । गर्ने छन् । पुरुषतर्फ ३६ होलको खेलपछि कट हुनेछ । कटपछि शीर्ष ३० खेलाडीले अर्को चरणमा प्रतिस्पर्धा गर्नेछन् । महिलाको छुट्टै प्रतिस्पर्धा हुनेछ । महिलामा सात खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा पाकिस्तानका तीन, बंगलादेशका दुई, भुटानका चार, भारतका सात, नेपालबाट २९ खेलाडीले प्रतिस्पर्धा गरेका छन् । 

प्रतियोगिताको टिम इभेन्टका लागि प्रत्येक देशले दुई खेलाडीलाई मनोनीत गरेका छन् । सोमबार र मंगलबार ३६ होलमा बटुलेको अंक नै टिम इभेन्टमा निर्णायक बन्नेछ । टिम इभेन्टका लागि नेपालबाट सुवास तामाङ र सद्भाव आचार्य, भारतबाट सुरज जोशी र सुमित कोटवाल, पाकिस्तानबाट ओमार इजाज र उमैर सलीम, बंगलादेशबाट शोफिकल स्लाम र मोहम्मद सुमोन र भुटानबाट उगेन दोर्जी र कर्मा दोर्जी खोर्कोले प्रतिस्पर्धा गरिरहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC