site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रैथाने वीउ संरक्षण गरी खेती विस्तार गर्ने सरकारको तयारी
फाइल तस्बिर ।

काठमाडौं । सरकारले रैथाने वीउ संरक्षण गरी खेती विस्तार गर्ने तयारी गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै रैथाने खाद्यबालीको वीउ संरक्षण गरिने बताए ।

“रैथानेमा गर्व गरौँ भन्ने नाराका साथ परम्परागत र प्राकृतिक पोषणयुक्त रैथाने खाद्यबालीको वीउ संरक्षण गरी खेती विस्तार गरिनेछ,” उनले भने ।

यस्तै, जुम्लाको मार्सी धान, पाल्पा र सल्यानको अदुवा, गुल्मीको कफी, मुस्ताङको आलुलगायत उत्पादको ‘ब्रान्डिङ’ गरी उत्पादन र बजारीकरणमा सहयोग गरिने उनले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro