site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
याद गर्नुहोस्– ग्यास सिलिन्डरलाई घामपानी, उच्च ताप आउने स्थानमा नराख्नुहोस्
फाइल तस्बिर ।

काठमाडौं । खाना पकाउने एलपी ग्यास अति प्रज्वलनशील पदार्थ हो । यसको प्रयोग गर्दा उच्च सावधानी अपनाउनुपर्छ ।

सम्भावित जोखिमबाट जोगिन ग्यास भरिएको सिलिन्डरलाई घामपानी, धुलो र उच्च ताप आउने स्थानमा राख्न नहुने नेपाल ग्यासले जनाएको छ ।

यस्तै, सिलिन्डरमाथि कुनै पनि किसिमको भाँडा, कपडालगायत सामग्री राख्न हुँदैन ।

सिलिन्डरमा सधैँ एनएस/बीआईएस चिह्न भएको गुणस्तरीय रबर ट्युबको प्रयोग गर्नुपर्छ । हरेक दुई वर्षमा त्यो रबर ट्युब फेर्नुपर्ने नेपाल ग्यासले जनाएको छ ।

नेपाल ग्यासका अनुसार एलपी ग्यास हावाभन्दा भारी हुन्छ । त्यसैले चुहावट भएको खण्डमा ग्यास भुईंमा जम्मा हुने गर्छ ।

यो पनि पढ्नोस्–

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro