site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भान्सामा यसरी जोगाउन सकिन्छ ग्यास

काठमाडौं । खाना पकाउने एलपी ग्यास अति प्रज्वलनशील पदार्थ हो । यसको गन्धले ग्यास ‘लिक’ भएको संकेत दिन्छ ।

ग्यासको प्रयोग गर्दा उच्च सावधानी अपनाउनुपर्छ । ग्यास बचत गर्नेतर्फ समेत ध्यान दिनुपर्छ । ग्यास धेरै खर्चंदा घरको खर्च पनि बढ्ने हुन्छ ।

ग्यास बचाउन यी तरिका अपनाउनोस्–
१. ग्यास चुलो बाल्नुअघि र बन्द गरिसकेपछि सम्बन्धित प्रत्येक उपकरणहरूको आवश्यक जाँच गर्नुहोस् ।
२. खाना पकाउनलाई चाहिने आवश्यक वस्तु तथा भाँडाहरू चुलो बाल्नुअघि ठिक पारेर राख्नुहोस् । ठिक मात्रामा पानी राखेर पकाउनुहोस् । सकभर सबै परिवार सँगै खाने बानी बसाल्नुहोस् ।
३. अटोमेटिक चुलो नभएमा ग्यास बाल्नुभन्दा पहिले लाइटर तथा सलाई ठिक पारेर राख्नुहोस् ।
४. बर्नरलाई सफा राख्नुहोस् तथा हावा जाने प्वाललाई बन्द हुन नदिनुहोस् ।
५. ग्यास बलिरहेको बेलामा यसको रङ निलो नभई पहेँलो वा रातो छ भने चुलोको बर्नर सफा गर्नुहोस् वा सम्बन्धित डिलरमा सम्पर्क गर्नुहोस् ।
६. पकाउने सामान वा पानी उम्लिन थालेपछि हाई फ्लेम (High Flame) बाट लो–फ्लेमा (Low Flame) राख्नुहोस् । सामान्यतया आधुनिक पकाउने उपकरणहरू प्रयोग गर्नुहोस् ।
७. तपाईंको पकाउने पदार्थको परिमाणानुसार चुलोको बर्नर (सानो/ठूलो) बाल्नुहोस् । भाडाको आकारअनुसार आगोको ज्वाला (Flame Height) निर्धारण गर्नुहोस् ।
८. सधैँ सफा तथा तापको सुचालक भएको धातुबाट बनेको भाँडा प्रयोग गर्नुहोस् ।

(नेपाल ग्यासद्वारा जारी टिप्स ।)

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro