site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

सरकारले बेलैमा हस्तक्षेप नगर्ने हो भने लघु वित्त, सहकारीलगायतका वित्तीय संस्थाको ऋणको पासोमा परेका किसानहरूको अवस्था भयावह हुने जोखिम देखिएको छ । यस्ता वित्तीय संस्थाको ऋण तिर्न नसकेर विशेषगरी ग्रामीण क्षेत्रका हजारौं गरिबहरू उठीवासको संघारमा पुगेका छन् ।

राज्यले नै प्रवर्धन गरेको सहकारी र लघु वित्तजस्ता संस्थालाई गरिबहरूले सुरुमा गर्जो टारिदिने सहयोगी ठाने । उता, सत्तामा पहुँच हुनेहरूले लघु वित्त र सहकारीलाई गरिबको गर्जो टारेर ऋणको गलपासोमा पार्ने मौका बनाए ।

वित्तीय संस्थाहरूको अनुगमन र सुपरिवेक्षणको दायित्व भएका राज्यका संयन्त्रहरू  नियम बनाउनैमा व्यस्त रहे । तिनले बनाएका नियमको पालना भए नभएको नियमन गर्न चासो राखेनन् । फलस्वरुप, सानोतिनो गर्जो टार्न वित्तीय संस्थाहरूबाट ऋण लिनेहरूको पासो कसिँदै गयो ।

KFC Island Ad
NIC Asia

ऋण लिएपछि तिर्नुपर्छ । आफूले लिएको ऋण नतिर्ने प्रवृत्ति बढ्यो भने अर्थव्यवस्था डाँबाडोल हुन्छ । अर्कातिर, ऋणको अपचलन नगर्दा पनि विभिन्न कारणले डुबेका ऋणीका लागि भने तिर्नुपर्ने बाध्यताले आत्मघाती हुन पुग्दोरहेछ ।

ऋणीको वासै उठोस् वा उसले आत्महत्या गरोस् भन्ने चाहना त नहोला तर वित्तीय संस्थाका सञ्चालकहरूको रवैयाले भने तिनको नियतमा सन्देह उत्पन्न गराएको छ । कारण, ऋण दिँदा र ब्याजको स्याज असुल गर्दा तिनले अपनाएको शैली न्यायोचित छैन ।

Royal Enfield Island Ad

एकातिर अनेकौं प्रलोभन देखाएर निक्षेप जम्मा गर्ने र फिर्ता नदिई सञ्चालकहरू भाग्ने गरेका घटना बढेका छन् । अर्कातिर बाध्यतामा परेका ऋणीसँग तिर्नै नसक्ने ब्याज लिएर ऋणको पासो कस्ने प्रवृत्ति तिनमा व्याप्त देखिएको छ । 

गर्जोमा परेका गरिबलाई उठीवास लाग्नेगरी ऋणको पासोमा पर्न नदिने जिम्मेवारी भने राज्यको हो । न्यायोचित ब्याज दरमा लेनदेन हुँदासम्म राज्यले निजी क्षेत्रले गर्ने कारोबारमा हस्तक्षेप गर्न हुँदैन । तर, निर्धाको शोषण हुनबाट भने राज्यले रोक्नुपर्छ ।

अहिले सार्वजनिक भएका घटना विवरण सम्भवतः प्रतिनिधि उदाहरणमात्र हुन् । यसैले सबैभन्दा पहिले सरकारले परिस्थितिको विस्तृत अध्ययन गर्नु जरुरी हुन्छ । यथार्थ जानकारी प्राप्त भएपछि गरिबहरूलाई ऋणको पासोबाट उम्काउन आवश्यक रणनीति अपनाउनुपर्छ ।

अहिले अनुमान गरिएजस्तै ऋणीहरूको स्थिति निकै गम्भीर र दयनीय भएको हो भने उनीहरूको उठीवास हुन नदिनु सरकारको दायित्व हो । आवश्यक भए वित्तीय संस्थाको ऋण उचित ब्याजसहित सरकारले तिरेर निक्षेपकर्तालाई पनि डुब्नबाट जोगाउनु पर्ने देखिन्छ ।
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १२:२०
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro