site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रकाश भुजेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौं । काठमाडौं शङ्खरापुर नगरपालिका–९ ईद्रायणीस्थित साँखु–थली सडकखण्डमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको घटनामा पक्राउ परेका प्रकाश भुजेलविरुद्ध अनुसन्धान गर्न पाँच दिन म्याद थप गरिएको छ । 

जिल्ला अदालत काठमाडौंले भुजेललाई आज पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

बुधबार दिउँसो काठमाडाैं शङ्खरापुर नगरपालिका–९ ईद्रायणीस्थित साँखु–थली सडकखण्डमा थलीबाट साँखुतर्फ आउँदै गर्दा प्रकाश भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको कारको ठक्करबाट बाप्र–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइल चालक कागेश्वरी मनोहरा–२ का ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको थियो ।

भुजेलले चलाएको कारको ठक्करबाट वाइकमा सवार मृतक नारायणकी श्रीमती ३२ वर्षीया सानुमायाँ नगरकोटी गम्भीर घाइते भएकी र उनको अस्पतालमा उपचार भइरहेको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  २३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro