site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीमा कहिले हुन्छ कार्यविभाजन ? 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा नेताहरूको कार्यविभाजन गर्न सकस भएको छ । पार्टीको १०औँ महाधिवेशन सकिएको लामो समयसम्म नेताहरूको कार्यविभाजन हुन सकेको छैन ।  

पार्टी अध्यक्ष र महासचिव सर्वसम्मत चयन गरेर अरु पदाधिकारी चयन गर्न चुनाव गरेपछि एक समूह असन्तुष्ट छ । जीवनराम श्रेष्ठ, विजय पौडेल, हरि पराजुली लगायतका नेताहरूले पदाधिकारी खारेजको माग गर्दै अध्यक्षलाई ज्ञापनपत्र पनि बुझाएका थिए । 

त्यसपछि अध्यक्ष माधव नेपालले पार्टीका असन्तुष्ट नेताहरूलाई बोलाएर छुट्टाछुट्टै छलफल गरेका थिए । अध्यक्ष नेपालले पार्टीले दिएको जिम्मेवारी लिने हो कि होइन भनि प्रश्न गरेका थिए । 

असन्तुष्ट नेताहरूले जिम्मेवारी लिन तयार रहेको भन्दै महाधिवेशनमा भएका कमजोरीको समीक्षा हुनुपर्ने बताएका थिए । यही हिसाबले पार्टी नबन्ने भन्दै विधानअनुसार चल्नुपर्ने, पार्टी संगठनको विस्तार गर्नुपर्ने धारणा असन्तुष्ट नेताहरूले राखेका थिए । 

त्यसपछि नेताहरूलाई छिट्टै जिम्मेवारी तोक्ने पनि बताएका थिए । तर, कार्यविभाजन नहुँदा नेताहरू जिम्मेवारविहीन बनेका छन् । “पार्टी सुतेको जस्तो भएको छ । अध्यक्षले छलफलमा छिट्टै जिम्मेवारी तोक्ने कुरा गर्नुभएको थियो । तर, अझै पनि जिम्मेवारी तोकिएको छैन,” पार्टीका नेता जीवनराम श्रेष्ठ भन्छन् । 

एकीकृत समाजवादीमा जिम्मेवारीका विषयमा अध्यक्ष नेपाल नेतृत्वमा सात पदाधिकारी रहेको कार्यदल पनि गठन गरिएको छ । एक व्यक्ति एक जिम्मेवारी दिने तयारी भएको नेताहरू बताउँछन् । 

एकीकृत समाजवादीको सचिवालय बैठक शुक्रबार बस्ने तयारी भएको छ । सचिवालय बैठकमा जिम्मेवारीका विषयमा छलफल हुने उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराई बताउँछन् । 

पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भने कार्यविभाजन टुंग्याउन केही दिन लाग्ने बताए । “कार्यविभाजनबारे अझै टुंगो लागिसकेको छैन । अब केही दिनमा कार्यविभाजन टुंग्याउछौँ होला,” उनले बाह्रखरीसँग भने ।

एकीकृत समाजवादीको महाधिवशेन गएको असार १६–२१ मा भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro