site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अमेरिकी पीआरबारे ढाँटेका विकल पौडेललाई थप ६ महिना कैद र १० हजार जरिवाना

काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका विकल पौडेलले अमेरिकी स्थायी आवासीय अनुमतिपत्र (पीआर)बारे ढाँटेर सरकारी पदको लाभ लिएको ठहर गरेको छ । विशेष अदालतले उनलाई ६ महिना कैद र १० हजार जरिवानाको फैसला सुनाएको छ ।

यसअघि, गत मंगलबारमात्रै विशेष अदालतले पौडेललाई सुरक्षण मुद्रण केन्द्रबाट अन्त:शुल्क स्टिकर छपाइ मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो । पौडेलले २५ करोड ४७ लाख भ्रष्टाचार गरेको ठहरसहित त्यति नै जरिवाना असुल्ने फैसला भएको थियो ।

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार झुटा विवरण पेश गरेर लाभ लिएको अभियोगमा उनलाई  दोस्रोपटक भ्रष्टाचारी ठहर गरेको हो । 

गत वैशाख ९ मा अख्तियारले पौडेलविरुद्ध अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र (पीआर) लिएको विवरण लुकाएर सार्वजनिक पदमा नियुक्ति लिएको आरोपमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  २३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro