site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भारतले दियो स्वीकृति : ४० मेगावाट विद्युत् भोलि बंगलादेश निर्यात 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भारतले अन्तिम समयमा स्वीकृति दिएपछि शुक्रबार (भोलि) ४० मेगावाट बिजुली बंगलादेश निर्यात गरिने भएको छ । गएको असोज १७ गतेको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्रीका निम्ति पठाएका दुई आयोजनामा भारतले स्वीकृति दिएको हो ।

योसँगै कात्तिक ३० गते (भोलि) एक दिन बिजुली बंगलादेश निर्यात गरिनेछ । नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली बंगादेशलाई बिक्री गर्न पाउने सम्झौता छ ।

अन्तिम समयमा स्वीकृति पाएसँगै शुक्रबार दिउँसो बिजुली पठाउन लागिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बाह्रखरीलाई जानकारी दिए ।

प्राधिकरणले बंगलादेश निर्यातका निम्ति चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाको नाम प्रस्ताव गरेको थियो । यी दुवै यसअघि भारतीय बजारमा बिक्री भइरहेका आयोजना समेत हुन् ।

बंगलादेशमा विद्युत् निर्यात गर्न भारतको समेत स्वीकृति आवश्यक हुने सम्झौता छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro