site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आईपीओ निष्कासन र संस्थागत 'लकइन' अवधिमा लेखा समितिको निर्देशन खारेज गर्न कसरत

काठमाडौं । सार्वजनिक लेखा समितिले ०८० को पुस १२ गते प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)मा नेपाल धितोपत्र बोर्डलाई दिएको निर्देशन खारेज गर्ने कसरत भइरहेको छ । सार्वजनिक लेखा समिति र अर्थ समितिमा सांसददेखि कम्पनीका पदाधिकारीहरूले समितिका सभापति र कर्मचारीलाई भेटेर नै यो निर्देशन न्यायोचित नभएको बताउँदै आएका छन् ।

सार्वजनिक लेखा समितिले दिएको निर्देशन लेखा समिति वा अर्थ समिति कुनले खारेज गर्ने भनेर पनि आन्तरिक छलफल भइरहेको छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अर्थ समितिका सभापति सन्तोष चालिसेलाई सहजीकरण गरिदिन भनेका छन् ।

सोहीअनुसार अर्थ समितिका सभापति गृहकार्य गरिरहेका छन् । उनले यही विषयमा छलफल गर्न बैठक बोलाउन सचिवालयमा भनिरहेका छन् । तर, सांसदहरू बैठकमा सहभागी नहुने देखिएपछि यो विषय पछाडि धकेलिएको छ ।

Dabur Nepal
NIC Asia

गत कात्तिक २५ गते समितिको बैठक बोलाइएको थियो । यो दिन आन्तरिक छलफल भनिएको भए पनि आईपीओ निष्कासन र हाइड्रोपावरका संस्थागत लगानीकर्ताको सेयरको लकइन अवधिको विषयमा छलफल गर्ने कुरा थियो । तर, समितिका सदस्यहरू नै न्यून आएपछि बैठक स्थगित भयो ।

समितिका सभापतिलाई व्यवसायीहरूले पनि पटकपटक फोन गरेर र भेटेर नै लेखा समितिको निर्देशन गलत भएको बताउँदै आएका छन् । पुँजी बजारको विषयमा बुझ्दै नबुझी निर्णय गर्दा त्यसको मार लगानीकर्तालाई पर्ने गरेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । यस नीतिले नयाँ लगानीलाई प्रतिबन्ध लगाउने उनी बताउँछन् ।

“खुला अर्थतन्त्रको अवधारणा भएको देशमा मौलिक हक विपरीतको प्रतिबन्ध हामीलाई स्वीकार्य छैन,” उनले भने, “यसअघि तीन वर्षको लकइन अवधि लगानीकर्ताले स्वीकारेको अवस्था हो । जसलाई जे मन लाग्यो त्यही गर्न त भएन नि । यसरी बीचमा नै प्रतिबन्ध लगाउने हो भने लगानी कसरी बढ्छ ?”

राज्यको कमजोरीलाई ढाक छोप गर्न व्यवसायीको लगानीमा प्रहार गर्न नहुने आचार्य बताउँछन् । गल्ती गर्नेलाई कानुनको दायरामा ल्याउन छाडेर स्वच्छरूपमा व्यवसाय गरिरहेका व्यवसायीलाई चेतना नै नभएजसरी समितिले निर्णय गर्न नहुने उनी बताउँछन् ।

नब्बे रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओलाई स्वीकृतिमा सहजीकरण गरिदिन भन्दै अर्थ समितिमा मेन्छियाम हाइड्रोपावरका अध्यक्ष विकल थापा क्षेत्रीले उजुरी दिएका छन् । उनले भदौ २ गते दिएको उजुरीमाथि समितिमा छलफल हुन सकेको छैन । उनले एकतिहाइ संस्थापक सेयरमा लगाइएको लकइन अवधि हटाउन पनि अग्रह गरेका छन् ।

दश महिनादेखि नेपाल धितोपत्र बोर्डमा कार्यकारी अध्यक्ष नभएपछि अहिले आईपीओ निष्कासन बन्द छ । गत वर्षको पुस २० गतेदेखि धितोपत्र बोर्डमा कार्यकारी अध्यक्ष नभएकै कारण धेरै कम्पनीको आईपीओ निष्कासन प्रक्रिया बन्दजस्तै छ । आईपीओ निष्कासनका लागि बोर्डमा अध्यक्ष नियुक्त नहुँदा असर त परेको थियो नै लेखा समितिको निर्देशले झन ठूलो असर पारेको छ ।

व्यवसाय वृद्धि गर्न भनेर प्राथमिक सेयर जनतामा निष्कासन गर्न लागेका कम्पनीलाई ठूलो धक्का लागेको । कतिपय कम्पनीले भने फर्जी कागज देखाएर आईपीओ निष्कासन गरेकाले पनि समितिले कडाइ गरेको हुन सक्ने अर्को बुझाइ पनि छ ।

नियामक निकायले प्रभावकारीरूपमा काम गर्न नसक्दाको परिणामको रूपमा समितिको हस्तक्षेपलाई लिन सकिन्छ । हालसम्म नेपाल धितोपत्र बोर्डमा ६७ कम्पनीले आईपीओ निष्कासनका लागि आवेदन दिएका छन् । तर, धितोपत्र बोर्डले आफ्नो वेबसाइटमा ३४ कम्पनीको मात्र नाम सार्वजनिक गरेको छ । तीबाहेक ३३ कम्पनीको विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गरिएको छैन ।

लेखा समितिले ९० रुपैयाँ नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन अनुमति नदिन निर्देशन दिएको छ । बोर्डमा आवेदन दिएका ६७ कम्पनीमध्ये १५ कम्पनीको प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम छ । सार्वजनिक लेखा समितिको निर्देशनपछि यी १५ कम्पनीले आईपीओ निष्कासनको अनुमति पाउँदैनन् ।

त्यसैगरी, हाइड्रोपावरका संस्थापक सेयरधनीको एकतिहाइ सेयर आयोजना निर्माणका लागि लिएको ऋण चुक्ता नहुन्जेलसम्म लकइन अवधि कायम रहने गरी व्यवस्थापन गर्न पनि भनिएको छ । जलविद्युत्‌लगायत आयोजना स्थापना गर्दा लगानी गर्ने आधारभूत लगानीकर्ताका लागि तीन वर्षको लकइन अवधि छ ।

तर, यस्ता आयोजना निर्माण सम्पन्न नहुँदै र नाफा नदिँदै अधारभूत लगानीकर्ता लकइन अवधि सकिनासाथ सेयर बिक्री गरी बाहिरिने क्रमले आयोजना निर्माण नै प्रभावित पर्ने गरेको समितिले उल्लेख गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro