विदेश
पाकिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा यात्रु घाइते भएको प्रहरीले बताएकाे छ ।
क्वेटा रेलवे स्टेसनमा भएकाे विस्फोटमा घाइते भएका ४६ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । मृतकको संख्या अझै बढ्नसक्ने प्रहरीले जनाएकाे छ ।
अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानीय समयअनुसार बिहान ८ः४५ बजे रेलले यात्रुहरूलाई पर्खिरहेको समयमा विस्फोट भएको स्रोतले जनाएको छ । करिब २५० जना रहेकाे स्थानमा विस्फोट भएकाे बीबीसीले जनाएकाे छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१ १२:३९
प्रतिक्रिया दिनुहोस्