site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फोटो पत्रकार राजेन्द्र केसीको सम्झनामा दीप प्रज्वलन

काठमाडौं ।  फोटो  पत्रकार रा जेन्द्र केसीको १३औँ दिनको पुण्यतिथिमा फोटो पत्रकारहरूले शोक सभा तथा दीप प्रज्वलन गरेका छन् । फोटो पत्रकार क्लब (पिजे क्लब)ले पत्रकार महासंघको प्रांगणमा आयोजना गरेको श्रद्धाञ्जली सभामा फोटो पत्रकार तथा पत्रकारहरूले दीप प्रज्वलन गरी केसीप्रति श्रद्धाञ्जली व्‍यक्त गरेका हुन् ।

शोक सभामा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का, नेपाल पत्रकार महासंघ लेखा समितिका अध्यक्ष लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य रामकृष्ण अधिकारीसहित सहभागी थिए ।

उनीहरूले पत्रकार केसीको तस्बिरमा माल्यार्पण र दीप प्रज्वलन गरेका थिए । शोकसभामा फोटोप त्रकारहरूले आफ्नो क्यामरा डाउन गरेर केसीप्रति सम्मान व्यक्त गरेका थिए ।

केसी फोटो पत्रकार क्लबका संस्थापक सदस्य तथा पूर्वकोषाध्यक्ष थिए ।    मेटास्टेटिक म्यालिग्नन्ट प्यानक्रियाटिक क्यान्सरको उपचारका क्रममा उनको निधन  भएको थियो । करिब दुई दशकसम्म राजधानी दैनिक, अन्नपूर्ण पोस्टलगायत विभिन्न सञ्चार गृहमा फोटो पत्रकारिता गरेका केसी पछिल्ला ६ वर्षदेखि अमेरिकामा थिए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  २३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro