site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा सार्वजनिक बिदा धेरै भएकाले सरकारको सेवा प्रवाह प्रभावित भएको धारणा प्रकट गरेलगत्तै कर्णाली प्रदेश सरकारले भने ‘जनयुद्ध दिवस’ मनाउन फागुन १ गते सार्वजनिक बिदा गरेको छ । कर्णालीका मुख्यमन्त्री प्रधानमन्त्री दाहालकै पार्टीका नेता हुन् ।

नेपालमा दिइने सार्वजनिक विदाहरूको सङ्ख्या धेरै नै हो । यसै त अल्छी र कामचोर भनेर बदनाम नेपालको कर्मचारीतन्त्र सकेसम्म जनसाधारणले पाउने सेवा प्रवाह गर्न आलटाल गर्छ त्यसमाथि लहडमा दिइएका सार्वजनिक बिदाका कारण थुप्रै दिन त कार्यालय नै बन्द हुन्छ ।

KFC Island Ad
NIC Asia

सातामा एक दिनमात्र बिदा दिने तर वर्षमा थुप्रै दिन सार्वजनिक बिदा दिने गर्दा बिदाको समुचित सदुपयोग पनि हुनसकेको छैन । यसैले बिदाको सङ्ख्यामा पुनरवलोकन गरिनुपर्छ भन्ने प्रधानमन्त्री दाहालको धारणामा विमति जनाउनु पर्ने देखिँदैन ।

सार्वजनिक बिदाका दिन तय गर्दा राजनीतिक आग्रह निर्णायक बनाइने गरेकाले पनि पुनरवलोकन सजिलो भने देखिँदैन । त्यसमाथि माओवादीले हिंसात्मक विद्रोह सुरु गरेको दिनमा सार्वजनिक बिदा दिनेजस्ता विवादास्पद निर्णयले प्रधानमन्त्री दाहालको अभिव्यक्तिमा समेत सन्देह उत्पन्न भएको छ ।

Royal Enfield Island Ad

राष्ट्रिय महत्त्वका केही निर्विवाद दिनहरूमा सार्वजनिक बिदा दिने र धर्म वा समुदाय विशेषको पर्वहरूमा सम्बन्धित समुदायलाई मात्र बिदा दिने परिपाटी सुरु गर्ने हो भने पनि बिदाले अवरोध गर्ने अधिकांश सेवा प्रवाह गर्न सकिन्छ । 

परन्तु, सबैभन्दा पहिले बिदामा पनि राजनीति गर्ने र सस्तो लोकप्रियता आर्जन गर्न खोज्ने प्रवृत्ति भने अन्त्य हुनुपर्छ । यस्तै, राज्यले ‘जनयुद्ध दिवस’जस्तो विवादास्पद अवसरमा पनि सार्वजनिक बिदा दिनु हुँदैन । अनिमात्र अरू सार्वजनिक बिदा पुनरवलोकन गर्ने नैतिक अधिकार हुन्छ । 

प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमति खोज्ने हो भने आफ्ना पार्टीका नेता कार्यकर्तालाई पनि अरू समूह र शक्तिका लागि अस्वीकार्य हुने निर्णय गर्नबाट रोक्नु उचित हुनेछ । सरोकारवाला समुदाय विशेषलाई मात्र बिदा दिनेगरी कुन बिदाको सङ्ख्या घटाएर सप्ताहान्तमा दुई दिन बिदा दिन सकिन्छ ।

राज्यका स्तरबाट मनाइने दिवसहरूलाई सिर्जनशील बनाउन सकेमात्र त्यस्तो दिवस मनाउनु सार्थक हुन्छ । यसैले प्रधानमन्त्री दाहाल बिदा र दिवसहरूका सम्बन्धमा गम्भीर भएका हुन् भने यस विषयमा व्यापक छलफल गराऊन् । तजबिज र सनकमा राज्यका नाममा निर्णय गर्ने भ्रष्ट अभ्यास अन्त्य गरौँ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १०:५३
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro