site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टाइगर कप भलिबल : एपीएफले जित्यो महिलातर्फको उपाधि 
Sarbottam CementSarbottam Cement

कास्की । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि जितेको छ ।

शनिबार पोखरा रंगशालामा भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पन्छाउँदै एपीएफले उपाधि जितेको हो । एपीएफले पहिलो सेट २५–२० ले जितेको थियो । दोस्रो सेट आर्मीले २५–२२ ले जित्यो । तेस्रो सेट २५–८ ले आफ्नो पक्षमा पारेको एपीएफले चौथो सेट २५–२२ अंकले जित्दै विजेता बनेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

एपीएफले पाँच लाख रुपैयाँसहित ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता आर्मीले दुई लाख ५० हजार प्राप्त गरेको छ ।

प्रतियोगिताको पुरुषतर्फ उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश र एपीएफ भिड्दै छन् ।

Global Ime bank

भलिबल खेलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित टाइगर ग्रुप अफ पोखरा नेपालले यही माघ ८ गतेदेखि प्रतियोगिता आयोजना गरेको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC