site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘फिक्सिङ’ प्रकरणमा तानिए अर्का क्रिकेटर अर्जुन साउद
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘स्पट फिक्सिङ’ प्रकरणमा अर्को क्रिकेटर अर्जुन साउद तानिएका छन् । नेपाल ट्वान्टी–२० लिगअन्तर्गतका खेलमा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा यसअघि दुई क्रिकेटर पक्राउ परिसकेका छन् ।

अहिले स्पट फिक्सिङमा नाम जोडिएका १९ वर्षीय साउद राष्ट्रिय टोलीका सदस्य समेत हुन् । उनले पछिल्लो समय राष्ट्रिय टोलीबाट ओपनिङ गर्दै आएका थिए । सुदूरपश्चिम प्रदेशका उनले नेपालबाट एकदिवसीय र ट्वान्टी–२० क्रिकेट खेलिसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“अर्जुनमाथि सीआईबीले अनुसन्धान थालेको हामीलाई जानकारी छ । तर, उहाँलाई पक्राउ गरे/नगरेको, अभियोग लगाए/नलगाएको जानकारी छैन,” क्यान उच्च स्रोतले बाह्रखरीसित भन्यो, “उहाँको भूमिका शंकास्पद देखिएको थियो भनेर हामीलाई प्रहरीले जानकारी गराएको थियो ।”

प्रतियोगिता जारी रहेकै बेला क्रिकेटर ज्ञानेन्द्र मल्लले फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए । त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लगायत विभिन्न निकायले अनुसन्धान थालेका थिए । सीआईबीको अनुसन्धानमा खेलाडी र विभिन्न क्लबको व्यवस्थापकीय भूमिकामा रहेका १० जनाको स्पट फिक्सिङमा प्रत्यक्ष संलग्नता देखिएको खुलेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC