site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जसले क्रिकेट प्रतियोगिताको जिम्मा लिए उनैले ‘फिक्सिङ’ गराए
आदिल अन्सारी र मेहबुब आलम । फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । गएको पुस २७ गते सम्पन्न नेपाल ट्वान्टी–२० लिगअन्तर्गतका खेलमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा आदिल अन्सारी र मेहबुब आलम सोमबार पक्राउ परे । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनीहरूलाई पक्राउ गरेको हो । अन्सारी राष्ट्रिय टोलीका सदस्य हुन् । आलम पूर्वराष्ट्रिय खेलाडी हुन् ।

प्रतियोगिता जारी रहेकै बेला क्रिकेटर ज्ञानेन्द्र मल्लले फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए । त्यसपछि सीआईबीलगायत विभिन्न निकायले अनुसन्धान थालेका थिए ।

सीआईबीको अनुसन्धानमा खेलाडी र विभिन्न क्लबको व्यवस्थापकीय भूमिकामा रहेका १० जनाको स्पट फिक्सिङमा प्रत्यक्ष संलग्नता देखिएको खुलेको छ । सोही प्रकरणमा आलम र अन्सारी पक्राउ परेका हुन् ।

Agni Group

प्रहरी उच्च स्रोतका अनुसार नेपाल पुलिस क्लबबाट क्रिकेट खेलिसकेका एकजना थप पक्राउको सूचीमा छन् । यसबाहेक विदेशी खेलाडी पनि त्यस्तो सूचीमा छन् । उनीहरू स्वदेश फर्किइसकेका छन् । उनीहरूविद्ध पनि मुद्दा दायर गर्ने सीआईबीको तयारी छ ।

सीआईबीका प्रमुख एआईजी उत्तमराज सुवेदीले अनुसन्धान जारी रहेकाले तत्काल प्रतिक्रिया नदिने बताए ।

Global Ime bank

फिक्सिङका योजनाकार जितिन
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार फिक्सिङका मुख्य योजनाकार जितिन आलुवालिया हुन् । उनकै योजनाका मेहबुब आलममार्फत खेलाडी र विभिन्न टोलीका व्यवस्थापकीय जिम्मेवारीमा रहेकाहरूलाई फिक्सिङको प्रस्ताव गरिएको थियो ।

जितिन भारतीय नागरिक हुन् । उनी भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सका मालिक हुन् । लिगको आठ वर्षसम्मको सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मा सेभेन थ्री स्पोर्ट्सले पाएको थियो ।

उनै जितिनमार्फत मेहबुब आलमले फिक्सिङको प्रस्ताव स्वीकार गरेका थिए । जितिन प्रतियोगिता चलेकै बेला भारत भागेका थिए । सीआईबीले उनलाई नै मुख्य योजनाकार बनाउँदै प्रतिवादी बनाउने तयारी गरेको छ ।

१० लाखसम्मको प्रस्ताव
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार स्पट फिक्सिङ स्वीकार गरेका खेलाडीलाई बढीमा १० लाख रुपैयाँसम्मको प्रस्ताव आएको थियो । बलिङ, ब्याटिङमा फिक्सिङ गराइएको थियो ।

पक्राउ परेका अन्सारीले बलिङ गर्ने क्रममा ‘नो बल’ फालेका थिए । उनको सिधा सम्पर्क जितिनसँग देखिएको छ । अन्सारीबाहेक वेस्ट इन्डिजका केही खेलाडीले समेत फिक्सिङमा संलग्न रहेको पाइएको छ ।

उनीहरूमाथि प्रतियोगिता चलेकै बेला शंका गरिएको थियो । त्यसपछि अधिकांश वेस्ट इन्डिजका खेलाडीलाई अरू खेलमा रोक लगाइएको थियो ।

प्रतिवेदन सार्वजनिक नगरिने
सीआइबीले अनुसन्धानबारे आधिकारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन । तत्काल अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक नगरिने भएको छ ।

फिक्सिङबारे सीआईबी र आईसीसीले छुट्टाछुट्टै प्रतिवेदन तयार पारेका छन् । दुवै प्रतिवेदन आपसमा मेल खाएको सीआईबीका अधिकारीहरू बताउँछन् ।

प्रहरीका एक उच्च अधिकारीले बाह्रखरीसँग भने, “प्रतिवेदनकै आधारमा हामी मुद्दा चलाउँछौँ । त्यसैले तत्काल प्रतिवेदन सार्वजनिक गर्दैनौँ । अन्य कुराहरू भन्न सक्छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC