site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
शिला कंसाकार कार्कीलाई ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२२’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आईसीटी अवार्डको ग्रान्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आईसीटी अवार्ड २०२२ प्रदान गरिएको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पु¥याएका महिलालाई यो अवार्ड प्रदान गर्ने गरिन्छ । वुमन आइकन विजेतालाई एनसेलले तीन लाख रूपैयाँ नगद प्रदान गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्कीलाई यो अवार्ड नेपाल सरकारका प्रमुख सचिव शंकर दास बैरागी, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल र एनसेलका प्रमुख मानव संशाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।

विजेतालाई नेपाल टेलिकमले एक वर्ष इन्टरनेट र हुवावेले क्लाउड सेवा पनि प्रदान गरेको थियो ।

Global Ime bank

एनसेलले विगत दुई वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूको योगदानलाई सम्मान र उत्प्रेरित गर्न एनसेल वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्दै आएको छ । 

गतवर्ष नेपालकै पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधानले ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२१’ पाएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC