site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भद्रगोलबीच भव्य समारोहमा सकियो नवौँ राष्ट्रिय खेलकुद
SkywellSkywell

पोखरा । माछापुच्छ्रे हिमालको पृष्ठभूमिलाई पछाडि राखेर नवौँ राष्ट्रिय खेलकुदका विभिन्न खेलका तस्बिरहरू सामाजिक सञ्जालमा निकै भाइरल भए । हुन पनि प्रकृतिको अनुपम सुन्दरतालाई साक्षी राखेर पोखराले ३९ वर्षपछि खेलको महाकुम्भ आयोजना गर्‍यो । जुन मंगलबार सकिएको भएको छ ।

सामाजिक सञ्जालमा देखिएका ती सुन्दर तस्बिरका पछाडि खेलको व्यवस्थापन विवाद र अभाव नै सञ्चालन हुन पुगे । राष्ट्रिय प्रतियोगिता भएपनि खेलाडीले जर्सीसम्म पाएनन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलाडीलाई न समयमा खेल सामग्री उपलब्ध गरायो न समयमा नै खेल भए ।

Pokhara 9th Nat (3)1666284303.jpg

KFC Island Ad
NIC Asia

प्रतियोगितामा एक खेलाडीले आफ्नो ज्यान गुमाए भने दर्जन खेलाडी घाइते भए । आयोजकले व्यवस्थापन गरेका होटल खाली भए । खेलका क्रममा पनि अनेक विवाद भए । 'प्रोटेस्ट' हाल्नेदेखि लिएर विरोधस्वरूप ग्राउन्डमा नै खेलाडी सुत्नेसम्मका घटना भए ।

यी अनेकन समस्याका बाबजुद पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा अनेकन कीर्तीमान बने । काखे छोरी लिएर खेल्नेदेखि ७ वर्षकी बालिका र ६१ वर्षका वृद्धलेसमेत खेलमा सहभागिता जनाए ।

Royal Enfield Island Ad

विभागीय टिम त्रिभुवन आर्मीले सर्वाधिक पदकसहित पहिलोपटक बनाइएको ट्रफी आफ्नो पक्षमा पार्दै विजेता बन्यो ।

यही प्रतियोगितामा पहिलोपटक ४० जना खेलाडीको डोपिङ परीक्षण पनि गरियो ।

३९ वर्षअघि भएको दोस्रो खेलकुद प्रतियोगिता भएकै अधिकांश खेल मैदान प्रयोग गरी सम्पन्न गरिएको प्रतियोगिताको नयाँ भनेको पुनः निर्माण भएको फुटबल मैदानमात्रै हो । 

Pokhara 9th Nat (1)1666284303.jpg

नवौँमा विवाद नभएको खेल सायदै रहेनन् । खेलाडीले पाएको जर्सीमा समेत खेलाडी स्वयम्ले खर्च उठाएर प्रदेशको नाम र अंक राखे । हक्कीमा खेलाडीले किट नपाएकै कारण ८ खेलाडीले खेल्न बाध्य भए । आर्चरीमा पनि आवश्यक खेल सामग्री नहुँदा जुगाड गरेरै खेल सम्पन्न भयो । 

पुरुष भलिबलमा त पुरानो म्याट भएकै कारण तीन जना खेलाडी घाइते नै भए । खेलाडीहरूले यातायात, होटल व्यवस्थापनलगायतको क्षेत्रमासमेत सास्ती खेप । एक खेल पदाधिकारीले केन्द्रिकृत मानसिकताका कारण प्रदेशको साथ नपाएको सुनाए । कुस्ती, बक्सिङ, सितोरियो कराँतेलगायत खेलमा त विवाद नै सिर्जना भयो ।

तर, समस्या विवाद, अभावमा सम्पन्न भएपनि खेलाडीहरूले भने पूर्ण जोसका साथमा खेल कौशल देखाए । 

अन्ततः भद्रगोलकाबीच पोखरामा सञ्चालित नवौँ राष्ट्रिय खेलकुदको समापन भने भव्य समारोहमा भयो । 

Deuba at 91666284030.jpg

समापनमा पोखरा रंगशालामा दर्शकको उपस्थिति हालसम्मकै बढी थियो । १६ हजार दर्शक धान्न सक्ने पोखरा रंगशालाको प्याराफिट दर्शकले भरिएको थियो । रंगशालामा पुरुष फुटबलतर्फको फाइनल खेल आर्मी र एपीएफबीच चलिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाको आगमन भएको थियो ।

दोस्रो हाफमा आइपुगेका देउवाले समेत फुटबल फाइनलको दोस्रो हाफ, त्यसपछि थपिएको ३० मिनेट समय र अन्तिममा ट्राइब्रेकर हेरे ।

9th-national-game Deuba1666284032.jpg

दर्शकको चर्को हुटिङ र समर्थनका बीच ट्राइब्रेकरको 'सडेन डेथ'मा विभागीय टिम सशस्त्र प्रहरीले अर्को महारथी नेपाल आर्मीलाई हराउँदा रंगशालामा दर्शकको खेलप्रेम झल्कियो ।

दर्शकले फाइनल खेलमात्रै हेरेनन्, समापनसम्मै आयोजकलाई साथ दिए ।

सातै प्रदेशका संस्कृति झल्किने नाचदेखि कलाकारहरूको सांगीतिक प्रस्तुतिमा दर्शकको भरपुर साथ थियो ।

RK_POKHARA1666284032.jpg

सांस्कृतिक माहोलकाबीच दर्शकहरू फुटबल मैदानमा नै उत्रिएर नाचे । तस्बिर लिनेहरूको भिड उस्तै थियो । नवौँ खेलकुदलाई धेरैले आफ्नो मोबाइलमा कैद गरे, लाइभ गरेर अरूलाई देखाउनेको कमी पनि थिए ।

रंगशालका फ्लडलाइट अफ भए, अनि सुरु भयो आतिसबाजी र संगीत । त्यहाँ दर्शक झुमे, उनीहरूले आतिसबाजीको मनोरञ्जन पनि लिए ।

र, एक भव्य समारोहकाबीच नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समापन भयो । ०८१ मंसिर २ देखि ९ गतेसम्म दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता चाहिँ कर्णालीमा हुने भएको छ ।

9th1666284030.jpg

एथलेटिक्समा कीर्तिमान
खेलाडीहरूले एथलेटिक्समा सबैभन्दा बढी कीर्तिमान कायम गरेका छन् । एथलेटिक्सका विभिन्न विधामा गरी १० वटा नयाँ कीर्तिमान कायम भएको हो ।  १० नयाँ कीर्तिमान कायम हुँदा नवौँ च्याम्पियन बन्न सफल त्रिभुवन आर्मीकै वर्चस्व कायम रह्यो । 

आर्मीका महिला १०० मिटर दौडमा सरस्वती चौधरीले १२.१३ सेकेन्डको कीर्तिमानी कायम गरिन् ।

दस हजार मिटर पुरुषमा दीपक अधिकारीले ३० मिनेट १० सेकेन्ड ३ मिलिसेकेन्डको रेकर्ड राखे, ४ सय मिटर महिला हडल्समा जयरानी थारुले १ मिनेट ४ सेकेन्ड १३ मिलिसेकेन्डको नयाँ रेकर्ड राखिन् । उनले लङजम्प महिलामा ५.५८ मिटरको कीर्तिमानी कायम गरिन् । १०० मिटर महिला हडल्समा उनले १५ सेकेन्ड १६ मिलिसेकेन्डको रेकर्ड कायम गरिन् । ४०० मिटर पुरुष दौडमा सोमबहादुर कुमालले ४७.९५ सेकेन्डको कीर्तिमानी कायम गरे ।

Pokhara 9th Nat (1666284302.jpg

४०० मिटर महिला दौडमा एपीएफकी रमिता कमाुरी थारुले ५८.१० सेकेन्ड, एपीएफकै सलिम देवानले लङजम्पमा ७.०६ मिटरको कीर्तिमानी कायम गरिन् ।

कर्णालीका दुर्गाबहादुर बुढाले ३०० मिटर स्टिपल चेसमा ८ मिनेट ५५ सेकेन्ड १९ मिलिसेकेन्डको कीर्तिमान कायम गरे । 

नेपाल पुलिसकी चन्द्रकला लाम्गाधेले ज्याभ्लिन थ्रोमा ४७.६० मिटरको कीर्तिमान कायम गरिन् ।

Pokhara 9th Nat (2)1666284302.jpg

पोखरा रंगशालामा निसिमको अर्धकदको सालिक राखिने
नवौँ राष्ट्रिय खेलकुदका दौरान प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको स्मृतिमा पोखरा रंगशालामा अर्धकदको सालिक स्थापना गरिने भएको छ ।

बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११५ औँ बोर्ड बैठकले खेलका दौरान ज्यान गुमाउने खेलाडीको सम्मानस्वरूप सालिक स्थापना गर्ने निर्णय गरेको राखेप सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।

प्याराग्लाइडिङ प्रतियोगिताका मुख्य निरीक्षक योगेश भट्टराईका अनुसार खेलकै क्रममा दुर्घटनामा मृत्यु भएका थापाको सम्मानमा मानार्थ स्वर्ण पदक दिइने भएको छ । गोखरा स्थायी घर भई हाल पोखरा–१० मा बस्दै आएका थापाको घरमै पुगेर पदक हस्तान्तरण गरिने उनले जानकारी दिए ।

तस्बिरहरू : हरिशजंग क्षेत्री र रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  २२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro