site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
तोरणविक्रम शाही सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि शीर्ष स्थानमा

काठमाडौं । तोरणविक्रम शाही समग्रमा ११–अन्डर २०५ को स्कोरमा सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि शीर्ष स्थानमा कायमै रहन सफल भएका छन् । गोकर्ण गल्फ क्लबमा बुधबार तोरणले ११–अन्डर ७१ स्कोर गरे । 

अन्तिम १८ होलको खेल बाकी छँदा तोरणले एमेच्योरद्वय सद्भाव आचार्य र राहुल विकेलाई चार स्ट्रोकले पछि पार्दै उपाधि जित्ने सम्भावनालाई बलियो बनाएका छन् । तोरणले ६ होल सकिँदा चार बर्डी प्रहार गरिसकेको थिए । पहिलो, दोस्रो, पाँचौँ र छैटौँ होलमा एक–एक सट बचाए । 

Dabur Nepal
NIC Asia

नवौँ होलमा भने दिनको पहिलो बोगी खेपे । फ्रन्ट नाइन ३–अन्डर ३३ मा पूरा गरे । नवौँ होलको बोगीपछि उनले लय गुमाए । १२औँ होलमा एक सट खेर फाले । लगतै १३औँ होलमा बर्डी प्रहार गरे पनि १५औँ र १६औँ होलमा एक–एक सट खेर फाले । जसले गर्दा ब्याक नाइन २–ओभर ३८ मा सकाउन बाध्य भए । 

एमेच्योरद्वय सद्भाव आचार्य र राहुल विके समग्रमा ७–अन्डर २०९ को स्कोरमा संयुक्त रूपमा दोस्रो स्थानमा रहे । गोकर्ण गल्फ क्लबमा आज एमेच्योर तथा डिफेन्डिङ च्याम्पियन सद्भाव आचार्यले दिनको उत्कृष्ट स्कोरकार्ड निकाल्दै उनी पाँच स्थान माथि उक्लिए । पहिलो, तेस्रो र सातौँ होलमा एक–एक सट बचाउँदा फ्रन्ट नाइनमा ३–अन्डर ३३ को नतिजा निकाले । यसपछि ११औँ देखि १४औँ होलमा लगातार चार बर्डी प्रहार गर्न सफल रहे । १५औँ होलको बोगीले ब्याक नाइन ३–अन्डर ३३ मा पूरा गरे । 

राहुल २–अन्डर ७० को स्कोर दर्ज गर्दै दुई स्थान माथि उक्लिए । उनले सातौँ र नवौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगीरहित खेले । यसपछि ११औँ होलको बोगीविरूद्ध १५औँ होलको बर्डीले ब्याक नाइन इभन–पार ३६ मा सकाए । 

धरानका प्रो निरज तामाङले १–अन्डर ७१ को स्कोर जोडे । समग्रमा ४–अन्डर २१२ सहित चौथो स्थानमा उक्लिए । दाबेदार नेपाल नम्बर एक भुवन नगरकोटीले ५–ओभर ७७ को खराब प्रदर्शन गरे । यो प्रदर्शनमा उनी समग्रमा १–अन्डर २१५ सहित पाँच स्थान तल झरे । 

चार दिनसम्म चल्ने प्रतियोगिताको कुल नगद पुरस्कार आठ लाख ८२ हजार छ । जहाँ विजेताले एक लाख ५० हजार, तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः एक लाख र ७५ हजार प्राप्त गर्नेछन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro