site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् छिर्न मानुषीलाई कति सहज ? 
SkywellSkywell

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई यसपटक चुनाव लडेनन् । माओवादी पार्टी छाडेपछि नयाँ शक्ति पार्टीबाट उनले ०७४ को चुनाव नेपाली कांग्रेसको सहारामा जिते । यसपटक माओवादी केन्द्रकै चिह्नमा लड्ने सहमति गरेका भट्टराईले अन्तिममा चुनाव नलड्ने घोषणा गरे ।

उनको निर्वाचन क्षेत्र गोरखा–२ मा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चुनाव लड्दै छन् । चितवन–३ बाट गोरखा उक्लिएका प्रचण्डलाई जिताउन भट्टराईले काँध थापेका छन् । 

आफ्नो निर्वाचन क्षेत्रमा प्रचण्डलाई उठाएर काठमाडौं–७ मा आफ्नी पुत्री अस्मिता सिंह (मानुषी) यमि भट्टराई अघि बढाउन आफू निर्वाचन नलडेको आरोप छ । प्रतिनिधिसभातर्फ काठमाडौं– ७ मा सत्ता गठबन्धनले भट्टराई पुत्री मानुषीलाई उमेदवार बनाएको छ । 

Dabur Nepal
NIC Asia

माओवादीको चुनाव चिह्न हँसिया हतौडा लिएर मानुषी पहिलोपटक संसदीय चुनावमा होमिँदैछन् । त्यसैले पनि काठमाडौं–७ चर्चामा छ । 

त्यसो त नेकपा (एमाले)मा बागी उमेदवारी परेका कारण यस निर्वाचन क्षेत्रले चर्चा पायो । ०७० र ०७४ मा काठमाडौं–७ बाट निर्वाचित रामवीर मानन्धरले बागी उमेदवारी दिएका छन् । 

एमालेले यस निर्वाचन क्षेत्रमा श्यामकुमार घिमिरेलाई उमेदवार बनाएपछि मानन्धरले स्वतन्त्र उमेदवारी दिएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहरी विकास राज्यमन्त्रीसमेत भइसकेका मानन्धर यस क्षेत्रबाट उमेदवारी दिएपछि एमालेको मत काटिने विश्लेषण भइरहेको छ । तर, गठबन्धन र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने स्थानीयहरू बताउँछन् । यसले गठबन्धनलाई फाइदा हुने विश्लेषण भइरहेको छ ।

गठबन्धनकी उमेदवार भट्टराई आफू उमेदवार बनेकोमा मतदाता उत्साहित बनेको दाबी गर्छिन् ।

“मतदाता उत्साहित हुनुहुन्छ । मूलतः उमेदवार हेरिहेका छौँ  भन्नुहुन्छ । गठबन्धनका सबै उमेदवार शिक्षित युवा हुनुहुन्छ । संसद्मा हाम्रो सम्मानजनक प्रतिनिधित्व गर्नुहुनेछ भन्ने उहाँहरूले भनिरहनुभएको छ,” उनले बाह्रखरीसँग भनिन् । 

उनले सहजै जितिनेसमेत दाबी गरिन् । 

“प्रतिष्पर्धी भन्दा हाम्रो आकर्षक टिम छ । हाम्रो सहजै जित हुन्छ । स्थानीय निर्वाचनमा पनि गठबन्धनको मत बढी छ,” उनले भनिन् । 

भट्टराईले आफ्नो प्रतिष्पधी ६५ वर्षभन्दा माथि उमेर रहेकाले चुनावी एजेन्डा के दिन सक्लान् र भन्ने चर्चा भइहेको पाएको उनले सुनाइन् । एमाले उमेदवार घिमिरे ६८ वर्षीय हुन् । 

एमालेका बागी उमेदवार मानन्धर आफूलाई विश्वास गर्ने आधार निर्माण भइसकेको सुनाउँछन् । आफू काठमाडौंको वडाध्यक्ष भएदेखि नै कुनै अनियमितताको कुरा नजोडिएकाले आफूले भोट पाउने आधार निर्माण गरेको उनी बताउँछन् । 

“जनताले विश्वास गर्ने वातावरण बनाइसकेको छु । ०७० पछि विकासको लहर आएको छ । मन्त्री हुँदा यो ठाउँका लागि केही योजना राखेको छु । त्यो निगरानी राख्ने मान्छे देखिनँ । त्यसको निगरानीका लागि पनि मेरो उमेदवारी हो,” उनले बाह्रखरीसँग भने, “पाँच वर्षपछि उठ्दिन । म वडाध्यक्ष हुँदादेखि कुनै ठाउँमा अनिमियता, कमिसनको कुरा जोडियो भने राजनीतिबाट मात्रै सन्यास होइन्, जंगल पस्छु भनेर भनिसकेको छु । भोट दिने कुरा जनताको विवेकमा भर पर्छ ।” 

यस निर्वाचन क्षेत्रमा जनताबाट राजेन्द्र श्रेष्ठ उमेदवार छन् । केही स्थानमा एमाले र जसपा तालमेल भए पनि यहाँ छुट्टाछुट्टै उमेदवारी दिएका छन् । सत्ता गठबन्धनमा रहेको जसपा यही क्षेत्र छाड्नुपर्ने भएपछि एमालेसँग तालमेल गर्न पुगेको केही नेताहरू दाबी गर्छन् ।

एमालेसँग गठबन्धन भएपछि सरकारबाट बर्खास्तमा परेका पूर्व सामान्य प्रशासन मन्त्री श्रेष्ठ उमेदवार भए पनि स्थानीय निर्वाचनको नतिजा हेर्न हो भने जसपाको अवस्था यहाँ कमजोर छ ।

यी हुन् अरू उमेदवार 

यस निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुव विक्रम मल्ल, नेपाल मजदुर किसान पार्टीका किरण महर्जन, हाम्रो नेपाल पार्टी प्रबेन्द्र पोखरेल, नेपालका लागि नेपाली पार्टीबाट राम नेपाली उमेदवार छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कुमार खाकी श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टी जुजुकाजी महर्जन, नेपाली कांग्रेस विपी कमला भुसाल, नेपाल आमा पार्टीबाट कृष्णप्रसाद दवाडी, जनसमाजवादी पार्टी नेपाल शैलेसराज श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी गणेश पराजुली उमेदवार बनेको छ । रामवीर मानन्धर लगायतले स्वतन्त्र उमेदवारी दिएका छन् । 

स्थानीय चुनाव मतको अवस्था 

स्थानीय निर्वाचनमा एमालेले वडागत रूपमा १२ हजार २०२ मत पाएको थियो ।

त्यस्तै, नेपाली कांग्रेसले १४ हजार १६७ मत पाएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । माओवादी केन्द्रले ५७६ ल्याएको छ । एकीकृत समाजवादीले ३८ मत ल्याएको छ । 

गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीको कुल मत १४ हजार ७८१ मत छ । जुन एमालेको भन्दा २ हजार ५७९ ले बढी हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) ले २ हजार २७, जसपाले १९८ मत पाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro