खेल
काठमाडौं । मलेसियामा जारी महिला यू–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षा कारण रोकिएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा केही बेरअघि सुरु भएको खेल वर्षाले रोकिएको हो । नेपालले श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ थालेको थियो । पहिलो ओभर सकिएलगत्तै वर्षा सुरु भएपछि खेल रोकिएको हो ।
नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।
यसैगरी, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक–एक अंक बाँडेका थिए । रनरेटको आधारमा भारत समूह ‘ए’को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१ १२:५१
प्रतिक्रिया दिनुहोस्