अर्थ व्यवसाय
काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडले १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित तीन प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको पुस २६ गते बस्ने साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्नेछन् । कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गरेको छ । पुस ११ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१ १२:३६
प्रतिक्रिया दिनुहोस्