site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
२६ लाख ५० हजारसहित हुन्डी कारोबारमा ‘संलग्न’ चारजना पक्राउ

काठमाडौं । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । २६ लाख ५० हजार रुपैयाँसहित बुधबार (हिजो) दिउँसो काठमाडौंको बत्तीसपुतलीबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

पक्राउ पर्नेमा श्री बालाजी इम्पोर्ट प्रालिका सञ्चालक गुल्मीको तम्घास नगरपालिका–४ का ५२ वर्षीय भेषराज पाण्डे, भारतको राजस्थानका ५२ वर्षीय बस्नतकुमार राठी, काठमाडौंको कमलपोखरीका ३५ वर्षीय प्रनिश थापा र काठमाडौं महानगरपालिका–१६ का ५२ वर्षीय सुरेश अधिकारी छन् ।

काठमाडौं–९, बत्तीसपुतलीस्थित श्री बालाजी इम्पोर्ट प्रालिमा हुन्डीसम्बन्धी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । त्यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro