site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से स्थिर हुँदा कारोबार रकम घट्यो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार स्थिर रहेको छ । बुधबारको तुलनामा नेप्से १.३८ अंकले घटेर १८४४.१४ विन्दु कायम भएको हो ।

बिहीबार नेप्से परिसूचक स्थिर रहँदा कारोबार रकम भने घटेको छ । बुधबार ६४ करोड रुपैयाँभन्दा बढीको सेयर करोबार भएकोमा यस दिन घटेर ५० करोड ७६ लाख रुपैयाँको करोबार भएको छ । बिहीबार २२१ धितोपत्रका १५ लाख ४६ हजार ८५७ कित्ता सेयर खरिद–बिक्री भयो ।

यस दिन सेन्सेटिभ इन्डेक्स भने ०.०२ प्रतिशतले वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्स ३६३.०५ विन्दु कायम भएको छ ।

Agni Group
NIC Asia

नेप्सेमा सूचीकृत भएदेखि नै लगातार सकारात्मक सर्किट लाग्दै आएको अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बिहीबार ६.५९ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य एकै दिन ५८ रुपैयाँ ६० पैसा घटेको हो ।

यस दिन सर्वाधिक गुमाउनेमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनी रहेका छन् । प्रतिशतको हिसाबले सबैभन्दा बढी सेन्चुरी डिबेन्चर २०८८ का ऋणपत्रधनीले ७.७३ प्रतिशत गुमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले प्रतिकित्ता ९९ रुपैयाँ गुमाएका छन् ।

Global Ime bank

बिहीबार सर्वाधिक मूल्यको सेयर कारोबार अभियान लघुवित्त वित्तीय संस्थाको भएको छ । यो कम्पनीको तीन करोड ६९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भयो ।

यस्तै, गरिमा विकास बैंक, एभरेस्ट बैंक र नबिल बैंकको दुई करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये तीन समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा उत्पादन तथा प्रशोधन समूह छ । यो समूहको परिसूचक ०.६९ प्रतिशत वृद्धि भएको छ ।

सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह छ । यो समूहको परिसूचक ०.५३ प्रतिशत घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu