काठमाडौं । सिटिजन्स बैंकले स्याङ्जाको वालिङमा आफ्नो १९४औँ शाखा सञ्चालनमा ल्याएको छ । यससँगै गण्डकी प्रदेशमा बैंकका शाखाको संख्या १५ पुगेको छ ।
वालिङमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै उनले ग्राहकहरूलाई उत्कृष्ट सेवा दिन स्याङ्जा जिल्लामा पहिलोपटक सेवा सुरु गरेको बताए ।
शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवालगायतको उपस्थिति थियो ।
सुविधा सम्पन्न शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवादेखि साना तथा कर्पोरट व्यवसायी माझ वित्तीय पहुँच पुर्याउने बैंकको लक्ष्य छ ।