site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्याराग्लाइडिङको अभ्यास म्याच नै आधिकारिक : निसिमको अर्धकदको सालिक बनाइने
SkywellSkywell

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन बिहीबार बिहान प्याराग्लाइडिङतर्फको पदक वितरण गरियो । तर, पोखरा रंगशालामा उल्लास थिएन । कारण, प्रतियोगिताका क्रममा प्याराग्लाइडिङ खेलाडी निसिम थापाले ज्यान गुमाएका थिए । राष्ट्रिय खेलाडीको मृत्युले पदक वितरणमा पनि माहोल शान्त बन्यो ।

उनै थापा टिम क्रसकन्ट्रीमा रजतपदक विजेता बने । उनी त्रिभुवन आर्मी क्लबमा अनुबन्धित थिए ।

राज्यले थप सम्मान दिने निर्णय गर्‍यो । थापाको सम्मानमा स्वर्णपदक दिइयो । उनका नाममा २५ हजार रुपैयाँ नगद पनि दिइयो ।

KFC Island Ad
NIC Asia

यस्तै, पोखरा रंगशालामा उनको अर्धकदको सालिक बनाउने निर्णय गरिएको छ । बिमाको रकमबाहेक मन्त्रिपरिषद्बाट थप सहायताका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लैजाने मन्त्री महेश्वरजंग गहतराजले बताए ।

२९ वर्षको उमेरमा ज्यान गुमाएका थापालाई नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङतर्फको स्वर्णपदक विजेता घोषणा गरियो । उनका काका भेनिस थापाले निसिमको पदक लिए । नेपाल आर्मीको समूहले ब्यानरमा उनको रंगीन तस्बिरसहित लेख्यो, “वी विल मिस यु ।”

Royal Enfield Island Ad

पुरुषमा गण्डकी, महिलामा आर्मी विजयी
नवौँ राष्ट्रिय खेलकुदका दौरान दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएपछि स्थगित गरिएको प्याराग्लाइडिङतर्फको पदक छिनोफानो भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार गएको असोज २८ गते गरिएको प्राक्टिस म्याचको नतिजालाई नै आधिकारिक नतिजा मानेर पुरस्कार वितरण गरिएको हो ।

“इन्टरनेसनल प्राक्टिस नै के हुन्छ भने दुर्घटना वा मौसमका कारण गेम भएन भने प्राक्टिस वा जुन गेम भएको हुन्छ, त्यहीअनुसार नै नतिजा दिनुपर्ने हुन्छ,” महासचिव रावतले भने, “हाम्रो प्राक्टिस २८ गते भएकाले एक्युरेसीको त्यही नतिजा घोषणा भएको हो । क्रसकन्ट्रीमा भने एक चरणको गेम भएको थियो, त्यसैलाई आधिकारिक मान्यौँ ।”

क्रसकन्ट्री, टिम क्रसकन्ट्री र अक्युरेसी विधामा भएका खेलमा टिम र एकलतर्फ गण्डकी प्रदेश र विभागीय टिम आर्मीले समान तीन/तीन स्वर्ण जिते ।

क्रसकन्ट्रीमा गण्डकीको टिमले स्वर्ण जित्यो । आर्मी उपविजेता बन्यो । आर्मीले रजतपदक जितेको हो । सोही टिमका निसिम थापाको खेलका क्रममा प्याराग्लाइडिङ दुर्घटनामा परी असोज ३० गते मृत्यु भएको थियो । यो स्पर्धामा वाग्मती प्रदेशले कास्यपदक जित्यो ।

व्यक्तिगत पुरुषतर्फ आर्मीलाई स्वर्ण
क्रसकन्ट्री विधाको व्यक्तिगततर्फ आर्मीका सुरुज थापाले स्वर्णपदक जिते । गण्डकीका विजय गौतमले रजत र वाग्मतीका कृष्णबहादुर सुनुवारले कास्यपदक जितेको महासचिव रावतले जानकारी दिए ।

एक्युरेसी पुरुषतर्फ गण्डकीलाई स्वर्ण
प्याराग्लाइडिङकै एक्युरेसी विधाको समूह पुरुष स्पर्धामा गण्डकी प्रदेशले स्वर्णपदक जित्यो । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले रजत र प्रदेश नम्बर–१ ले कास्यपदक जिते ।

एक्युरेसी पुरुष व्यक्तिगततर्फ गण्डकी पहिलो
एक्युरेसी व्यक्तिगत पुरुष विधातर्फ गण्डकी प्रदेशका सुमन थापाले स्वर्ण, एपीएफका अञ्जन कुँवरले रजत र आर्मीका विष्णु तिमिल्सिना कास्यपदक जिते ।

टिम एक्युरेसी महिलामा आर्मी च्याम्पियन
महिला टिम एक्युरेसीतर्फ विभागीय टिम त्रिभुवन आर्मी क्लबले स्वर्णपदक जित्यो । गण्डकी प्रदेशले रजत र प्रदेश–१ ले कास्यपदक जिते ।

महिला एक्युरेसी व्यक्तिगत महिलातर्फ आर्मीको एकछत्र राज 
महिला एक्युरेसी व्यक्तिगत महिलातर्फ आर्मीले एकछत्र राज गरेको छ । आर्मीका खेलाडीहरू मुनामाया जिटीले स्वर्ण, दुर्गामाया गुरुङले रजत र स्वस्तिका गुरुङले कास्यपदक जिते ।

क्रसकन्ट्रीअन्तर्गत प्रतिस्पर्धा भइरहेका बेला प्याराग्लाइडिङ टेकअफका क्रममा दुर्घटना हुँदा थापाको मृत्यु भएको थियो । त्यसपछि नेपाल हवाई खेलकुद संस्थानले देशैभरिको प्याराग्लाइडिङ उडान स्थगित गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro