site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
लाल मोहम्मद हत्या प्रकरण : पक्राउ परेका तीनजना सार्वजनिक
SkywellSkywell

काठमाडौ । काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

काठमाडौं प्रहरी परिसरले उनीहरूलाई आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीय महोरम मियाँ, रेहान मियाँ र मकवानपुरको बकैया गाउँपालिका घर भई काठमाडौंको कपन बस्ने २१ वर्षीया सुस्मिता स्याङताङ छन् ।  

Dabur Nepal
NIC Asia

प्रहरीका अनुसार महोरम र रेहान मियाँले हतियार व्यवस्थापनको काम गरेका थिए । उनीहरूले घटनामा प्रयोग भएको हतियार वीरगञ्जबाट काठमाडौं पठाएको पाइएको छ ।

सुस्मिताले लाल मोहम्मदका गतिविधि निगरानी गर्ने गरेको खुलेको छ । मोहम्मदमाथि असोज ३ गते साँझ गोली प्रहार भएको थियो ।

मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ दुई जनाले गोली हानेर भागेका थिए । उनी आफ्नो गाडीबाट ओर्लिएपछि हतियारधारीले लखेटेर गोली प्रहार गरेका थिए । उनको हत्यामा भारतीय अपराधिक समूहको संलग्नता हुन सक्ने आशंका गरिँदै आएको छ ।

घटनाको अनुसन्धानका लागि एसएसपी जनकराज भट्टराईको नेतृत्वमा एक समिति गठन गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro