site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मेलम्चीको पानी आपूर्ति : पाइपलाइनको काम छिटो पूरा गर्न निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिछ्याइएका पाइपलाइनको काम शीघ्र पूरा गर्न निर्देशन दिएका छन् । इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको बिहीबार निरीक्षण गरेपछि उनले यस्तो निर्देशन दिएका हुन् ।

उनले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए । गुणस्तर निश्चित नहुँदा धेरै स्थानमा पानी चुहिएको र त्यस्ता ठाउँमा यथाशीघ्र मर्मतसम्भार गर्न उनले निर्देशन दिए ।

मन्त्री यादवका साथ खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका वरिष्ठ अधिकारी थिए । रासस

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ११:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro