site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एचपीभी खोप ल्याइयो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ह्युमनपापिलोमा भाइरस (एचपीभी) खोप ल्याएको छ ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीले चार लाख ६० हजार ९४० मात्रा खोप ल्याइएको बताए । ती खोप टेकुस्थित भण्डारण कक्षमा राखिएको र विस्तारै प्रदेशमा पठाइने उनले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

एचपीभी खोपका निम्ति ग्लोबल एलायन्स (गाभी)को सहयोगमा ती नेपाल ल्याइएको हो । सरकारले किशोरीलाई सानै उमेरदेखि क्यान्सरबाट जोगाउन आउँदो माघ २३ गतेदेखि खोप अभियान सञ्चालन गर्न लागेको छ ।

१५ दिने अभियानअन्तर्गत कक्षा–६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीमा खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । उनका अनुसार, १७ लाख ७० हजार मात्रा गाभीले नेपाललाई उपलब्ध गराउनेछ ।

हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार महिलाको मृत्यु हुने गरेको जनाइएको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस संक्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।

ह्युमनपापिलोमा भाइरस संक्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै सन्तान जन्माउने, धेरै सन्तान पाउने, छोटो अन्तरालमा लगातार सन्तान जन्माउने र धेरैजनासँग यौन सम्बन्ध बनाउने, धेरै धूमपान तथा मद्यपान गर्ने र यौनांगको सरसफाइमा ध्यान नदिनाले हुने गर्छ ।

नेपालमा महिलामा सबभन्दा बढी हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro