अर्थ व्यवसाय
काठमाडौं । चिनियाँ ईभी निर्माता ज्वाइन्ट भेन्चर एसएआईसी–जीए–वुलिङले आफ्नो बिंगो गाडीको बिक्री चार लाख युनिट नाघेको बताएको छ ।
कम्पनीले सन् २०२३ को मार्चमा सार्वजनिक भएयता बिंगो सिरिजका ईभीको बिक्री चार लाख नाघेको बताएको हो ।
यसअन्तर्गत हाल वुलिङ बिंगो ईभी ह्याचब्याक र वुलिङ बिंगो एसयूभी छन् । गत महिना नोभेम्बरमा चीनमा यो १२औँ 'बेस्ट सेलिङ' ईभी बनेको थियो ।
नेपालमा पारामाउन्ट मोटर्सले वुलिङ बिंगो ईभी बिक्री गर्दै आएको छ । ३१.९ किलोवाट आवरको ब्याट्री रहेको यो गाडीले ३३३ किलोमिटर रेन्ज दिने बताइएको छ ।
कार न्युज चाइनाबाट ।
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१ १२:०५
प्रतिक्रिया दिनुहोस्