राजनीति
काठमाडौं । वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।
संविधानको धारा २०२ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।
अध्यादेश जारी भएसँगै प्रदेशभित्रका अस्पतालको सञ्चालन र व्यवस्थापन आदेश, २०७५ खारेज भएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९ २१:४८
प्रतिक्रिया दिनुहोस्