काठमाडौँ । पियुस अग्रवाल र सुनैना क्षेत्री ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०२२’को विजेता भएका छन् । फेलिज इन्टरनेशनलले राजधानीमा आयोजना गरेको प्रतियोगीताको अन्तिम स्पर्धामा पियुसले मिष्टर र सुनैनाले मिसतर्फको शीर्ष उपाधि हात पारेका हुन् ।
पियुसले पर्सनालिटी र कन्जिन्यालिटी टाइटलसमेत हात पार्दा सुनैना मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइससमेत बनिन् ।
प्रतियोगीतामा मिस्टर तर्फ सुजल संग्रौला फष्टरनर अप र सुरज रसाइली सेकेन्ड रनरअप बन्दा मिसतर्फ दीक्षा उपाध्याय फष्ट रनर अप र बिदिसा श्रेष्ठले थड रनरअपको उपाधि हात पारेको आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
१६ देखी २१ वर्षसम्मका एसईई तथा प्सल टु परीक्षा दिएर बसेका विद्यार्थीको फूर्सद सदुपयोग गर्दै उनीहरूको आत्मविश्वास, कार्यक्षमता अभिबृद्धि तथा जनसम्पर्क स्थापनामा सहयोग पुर्याउने उदेश्यले आयोजित प्रतियोगीताको निर्णायकमा पूर्वमिस नेपाल उषा खड्गी, अभिनेता सलिनमान बनिया, सलोन बस्नेत, पूजा गिरी, दीपक घिमिरे, दिब्या प्रभा झा थिए ।