site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मत्स्य न्याय

नदीमा गोही आतंक मच्चियो । ठूला माछाहरूले अत्तालिँदै साना माछालाई जम्मा पारेर भने, ‘अब तिमी हामी कोही सुरक्षित हुनेवाला छैनौँ ।’

आफू सुरक्षित हुनका लागि त पहिले नेताकै सुरक्षा गर्नुपर्छ भन्ने बुझेर आफ्ना नेताको सुरक्षाका लागि साना माछाहरू आन्दोलित भए ।

माछाको एकता र विद्रोह देखेर तर्सिएका गोहीहरू एकाएक अलप भए । अब ठूला माछाले खोलामा राज गरे ।

विजयोत्सव मनाएको भोलिपल्टदेखि साना माछाहरू पनि क्रमशः अलप हुँदै गए ।

(भोर्लेटार, लमजुङ)
 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्