काठमाडौं । दुई नम्बर प्रदेशमा स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि उमेदवारी दर्ता जारी छ । आगामी असोज दुई गते प्रदेश नम्बर २ अन्तर्गतका १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । सोही निर्वाचनका लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले तोकेको छ ।
आयोगले ढुक्क भएर उमेदवारी दर्ता पनि सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई आग्रह गरेको छ । निर्वाचन आयोगले उमेदवारी दर्ता कार्यलाई सुव्यवस्थित र मर्यादित तरिकाले अगाडि बढाउन पनि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सुरक्षा निकायलाई निर्देशन पनि दिएको छ ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट प्राप्त जानकारी अनुसार जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ताका लागि फाराम लैजाने र मनोनयन दर्ता गराउने कार्य भइरहेको छ ।
हेराैं, स्थलगत रिपोर्टिङका लागि तरार्इ पुगेका बाह्रखरीकर्मीले खिचेका वीरगन्ज तथा कलैयामा देखिएकाे माहाेलका केही तस्बिर ।