काठमाडाैं । कोका–कोलाले दसैंँको लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ नामक क्याम्पेन सुरु गरेको छ ।
दसैंँलाई अझै विशेष बनाउन कोका–कोलाले चङ्गा उडाएको, टिका लगाएको, परिवारसँग बसेर खाएको, पिङ खेलेको र देउसी–भैलो खेलेको जस्ता ५ वटा विभिन्न चित्र अंकित लेबलहरू भएको बोतल दसैंँको समयमा बजारमा ल्याउने कम्पनीले जानकारी दिएकाे छ ।
सम्बन्ध उत्सव स्वादसँगलाई लिएर एकदमै उत्साहित रहेको कोका–कोला नेपालको कन्ट्री डिरेक्टर आदर्श अवस्थीले बताए ।
नेपालीहरूको लागि दसैंँ जति महत्त्वपूर्ण छ त्यत्तिकै महत्त्वपूर्ण कोका–कोलाको लागि पनि रहेको कम्पनीका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले बताए ।
कोका–कोलाले यो वर्ष बीबीसी मास्टर सेफ प्रोफेसनलका विजेता सन्तोष शाहसँग मिलेर दसैंँमा खाइने मुख्य ५ वटा परिकारहरूको रेसिपी पनि सार्वजनिक गरेको छ ।
यस रेसिपी पाउनको लागि उपभोक्ताहरूले कोका–कोला बोतलको लेबलमा भएको क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ । साथै यी रेसिपी भिडियोहरू कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राममा पनि उपलब्ध हुनेछन् ।
यसको साथै उपभोक्ताहरूले पनि कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो रेसिपीको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्न सक्नेछन् । ती मध्येबाट ३ जना भाग्यशाली विजेताहरूले सेफ सन्तोष शाहसँग भेट्न सक्ने कम्पनीले बताएकाे छ ।