site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
महिला यू–१९ एसिया कप : नेपाल र श्रीलंकाले अंक बाँडे

काठमाडौं । मलेसियामा जारी महिला यू–१९ एसिया कपको सुपर–४ को नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएपछि एक/एक अंक बाँडेका छन् ।

खेलमा नेपालले श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ गरेको थियो । पहिलो ओभर सकिएलगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द हुन पुगेको हो ।

Dabur Nepal
NIC Asia

नेपालले पहिलो ओभरमै श्रीलंकाको एक विकेट लिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान एक/एक अंक बाँडेका हुन् ।

नेपाल यसअघि पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक/एक अंक बाँडेका थिए ।

सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । नेपालले शुक्रबार सुपर–४ अन्तर्गत बंगलादेशको सामना गर्नेछ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro