site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
नेपाल ग्रामीण चलचित्र महोत्सवका लागि चलचित्र दर्ता आह्वान

काठमाडौं । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करणका लागि चलचित्र दर्ता खुला गरिएको छ । आउँदो वर्षको वैशाखमा आयोजना हुने महोत्सवका लागि डकुमेन्ट्री, सर्ट फिल्म, फिचर फिल्म र भाषाभाषीका चलचित्र दर्ताका लागि आह्वान गरिएको हो । 

सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सवको उद्देश्य ग्रामीण बजारमा नेपाली चलचित्र पुर्याउँदै पर्यटन प्रवर्द्धन गर्नु रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिएका छन् ।

‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण भएका स्वदेशी चलचित्रहरूलाई प्रोत्साहन गरिनेछ । जुरी टिमले छनोट गरेका चलचित्रहरू स्क्रिनिङ गरिने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने योजना रहेको उनको भनाइ छ ।

महोत्सवमा चलचित्र प्रदर्शनसँगै ग्रामीण परिवेशलाई समेटेर निर्माण गरिएका चलचित्रको महत्व, दर्शकको चाहना र ग्रामीण फिल्म क्षेत्रको सम्भावना सम्बन्धी अन्तरक्रिया तथा कार्यशाला गोष्ठीहरू आयोजना गरिनेछ ।

पहिलो संस्करण गोरखाको लाप्राकमा, दोस्रो संस्करण काभ्रेको भकुण्डेबेसीमा र तेस्रो संस्करण रामेछापमा सम्पन्न भएको थियो । चौथो संस्करण रसुवामा हुनेछ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro