विशेष
काठमाडौं । आउँदो असोजमा वाणिज्य बैंकहरूले ब्याजदर बढाउने भएका छन् ।
बिहीबार बसेको बैंकर्स संघको पूर्ण बैठकबाट असोजमा ब्याजदरलाई खुला बजारमा छोडिदिने निर्णय गरेको हो । बैंकर्स संघको यो निर्णयसँगै बैंकहरूले असोजमा ब्याजदर बढाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार अब व्यक्तिगत निक्षेपको ब्याजदर १२.१३ प्रतिशत पुगेको छ । यस्तै, संस्थागत मुद्दति निक्षेपको ११.१३ र रेमिट्यान्स मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याजदर दिन पाउनेछन् ।
यसअघि, ब्याजदर बढाउँदा पनि बैंकमा निक्षेप नबढ्ने भन्दै ब्याजदर नबढाउने भद्र सहमति गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९ १४:४८
प्रतिक्रिया दिनुहोस्