site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से २६ सय विन्दु तल, चार अर्ब ७६ करोडको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार ३१.४३ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक १.१९ प्रतिशतले घटेर २५९६.८२ विन्दुमा बन्द भएको हो । बुधबार (हिजो) नेप्से २६२८.२६ विन्दुमा बन्द भएको थियो ।

यस दिन चार अर्ब ७६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबार चार अर्ब २७ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

Dabur Nepal
NIC Asia

२९ कम्पनीको सेयर मूल्य बढेको छ । २११ कम्पनीको सेयर मूल्य घटेको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था र पिपुल्स पावर लिमिटेडको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.०९ प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहकै परिसूचक घटेको छ । परिसूचक सर्वाधिक घट्नेमा व्यापार समूह छ । यो समूहको परिसूचक २.७३ प्रतिशतले घटेको छ । फाइनान्स समूहको परिसूचक २.३१ प्रतिशतले घटेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro