site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कास्की प्रहरीले भन्यो– निकोलस भुसालले साइबर कानुनको उल्लंघन गरे

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सामाजिक सञ्जालमा ‘भाइरल’ तस्बिरका विषयमा प्रतिक्रिया जनाएको छ । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भन्दै एउटा तस्बिर यति बेला सामाजिक सञ्जालमा चर्चित छ ।

स्पष्ट अनुहार नदेखिएको भए पनि रास्वपाका नेता–कार्यकर्ताले उक्त तस्बिर लामिछानेकै रहेको दाबी गरेका छन् । व्यक्तिको गोपनीयता भंग गरिएको भन्दै उनीहरूले कास्की प्रहरीको आलोचना गरिरहेका छन् । केही मानिसले भने लामिछानेलाई उच्च सुविधा दिइएको भन्दै विरोध जनाएका छन् ।

प्रहरीले उक्त तस्बिर लामिछानेकै भएको पुष्टि गरेको छ । त्यो तस्बिर आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने डा. निकोलस भुसालले गएको सोमबार राति १० बजेतिर पहिलोपटक सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए । पछि रास्वपाका नेताहरूले त्यसलाई फैलाउँदै टिप्पणी गर्न थालेपछि भुसालले उक्त तस्बिर हटाए । यद्यपि, भुसालले उक्त तस्बिर आफूले नै खिचेको र सार्वजनिक गरेको भन्दै जिम्मेवारी लिएका छन् ।

कास्की प्रहरीले भुसालको यो कार्यलाई साइबर कानुनको उल्लंघन भनेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले विज्ञप्ति जारी गर्दै ‘सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको तथ्यपूर्ण अनुसन्धानलाई नकारात्मक प्रभाव पार्ने गरी तस्बिर प्रकाशन भएको’ जनाएका छन् ।

‘प्रहरीको व्यावसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषित अनधिकृत तस्बिर’प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उनले उल्लेख गरेका छन् ।

‘तस्बिर सार्वजनिक गर्नेलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा व्यवस्था भएबमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नुपर्ने व्यवस्था र साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरेको हुँदा कानुनी दायरामा ल्याइने’ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro