site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवाको गृहप्रदेशबाट १५औँ महाधिवेशनको अभियान सुरु गर्दै कोइराला
शेखर कोइराला । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति तय नहुँदै नेताहरूले त्यसलक्षित तयारी थालेका छन् । संस्थापनइतरका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमबाट महाधिवेशनको अभियान सुरु गर्न लागेका हुन् ।

त्यसका निम्ति डा. कोइराला शुक्रबार (भोलि) सुदूरपश्चिम प्रदेशको मुकाम रहेको धनगढी जान लागेका उनको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, धनगढीमा नौ जिल्लाका कार्यकर्तासँग भेटघाट र पार्टीका विभिन्न कार्यक्रममा उनले सम्बोधन गर्ने तालिका छ । शुक्रबार नौवटै जिल्लाका कार्यकर्तासँग छुट्टाछुट्टै भेट गरी उनले अभियानलाई जिल्ला तहमै सुरु गर्न आह्वान गर्नेछन् ।

शनिबार कोइरालाले भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसँग भेटघाट गर्नेछन् । शनिबार दिउँसो उनले प्रजातान्त्रिक सेनानी संघको प्रथम प्रदेश अधिवेशनको उद्घाटन र सम्बोधन गर्नेछन् । उनले त्यहाँ स्थानीय तहका जनप्रतिनिधिसँग पछि अन्तक्रिया गर्ने तयारी गरेका छन् ।

डा. कोइरालासँग कांग्रेसका केही नेता मात्र सहभागी हुनेछन् । हृदयराम थानी, डा. गोविन्दराज पोखरेलसहितका नेताहरू त्यहाँ जान लागेका छन् ।

शनिबार कोइराला नौवटै जिल्लाका स्थानीय तहका प्रतिनिधि र जिल्ला, क्षेत्र र स्थानीय तहका सभापति तथा पदाधिकारीसँग अन्तरक्रियापछि काठमाडौं फर्कने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro