site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मनमोहन प्राविधिक विश्वविद्यालयमा तालाबन्दी
Siddhartha BankSiddhartha Bank

विराटनगर । प्रदेश नम्बर–१ सरकारले सञ्चालन गर्दै आएको मोरङको बूढीगंगा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा कर्मचारीले तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरूका माग सम्बोधन नगरिएको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन् । शिक्षक तथा कर्मचारीले उपकुलपति, सेवा आयोगका अध्यक्ष, रजिष्ट्रार र प्राचार्यको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

Agni Group
NIC Asia

मनमोहन प्राविधिक विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले यसअघि नै उपकुलपतिसमक्ष १८ बुँदे माग पेस गरेका थिए । माग पूरा नहुन्जेलसम्म तालाबन्दी जारी रहने उनीहरूले जनाएका छन् । छलफलबिनै नियुक्ति तथा बढुवासम्बन्धी कार्यविधि पारित गरिएको ती दुई संघले जनाएका छन् ।

स्थायी शिक्षक तथा कर्मचारीको बढुवा र करार कर्मचारीलाई स्थायी गरी सूचना प्रकाशित गर्ने सर्त कार्यान्वयन नभएको कर्मचारीको भनाइ छ ।

Global Ime bank

विश्वविद्यालयमा विभिन्न प्राविधिक विषय पठनपाठन हुँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu