विशेष
काठमाडौं । अतिविशिष्ट व्यक्तिको सवारीका कारण प्रहरीले मिटरब्याजपीडितमाथि धरपकड गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारी हुँदा शान्तिपूर्ण धर्नामा बसेका मिटरब्याजपीडितमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार मंगलबार ३० जनालाई पक्राउ गरिएको छ । मिटरब्याजपीडित माइतीघरमा धर्नामा बसेका थिए ।
माइतीघर–नयाँ बानेश्वर क्षेत्र लीको भ्रमण रुट पर्ने भएकाले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रिजालले बताए ।
उनको भ्रमणका क्रममा सोमबार पनि प्रहरीले मिटरब्याजपीडितमाथि धरपकड गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९ १५:४८
प्रतिक्रिया दिनुहोस्