site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बंगलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौँ : ऊर्जामन्त्री 
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

चितवन । ऊर्जामन्त्री पम्फादेवी भुसालले नेपाल सरकारले बंगलादेशमा विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छन् । शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बंगलादेशमा विद्युत् निर्यात गरिने बताएकी हुन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ ।

“हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बंगलादेश पनि निर्यात हुँदै छ,” मन्त्री भुसालले भनिन्, “जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बंगलादेश जान्छ ।”

Agni Group
NIC Asia

ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्कजस्तै रहेको जानकारी दिइन् । उनले घरायसी प्रयोजनका लागि मूल्य घटाइएको र कृषि र सिँचाइमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिइन् ।

फरक प्रसंगमा उनले गठबन्धनको सिटको विषय आज बेलुकासम्म टुंग्याइने बताइन् । शुक्रबार टुंगिने भनिएको गठबन्धनको सिट बाँडफाँट प्राविधिक हिसाबले समस्या भएको उल्लेख उनले भनिन्, “गठबन्धनका नेताहरू बाहिर भएका कारण शुक्रबार हुन सकेन, आज साँझ टुंगिन्छ ।” रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu