site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतदेखि पाइप लाइनबाट डिजेल ल्याउँदा पाँच अर्ब जोगियो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट तीन वर्षको अवधिमा २८ लाख ९२ हजार ४२९ किलोलिटर डिजेल भित्रिएको छ । जसबाट पाँच अर्ब रुपैयाँ बचत भएको छ ।

नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगञ्जका अनुसार भारतबाट पहिले डिजेल आयात गर्दा लाग्ने खर्च मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन बनेसँगै बचत भएको हो । उक्त पाइप लाइन सञ्चालनमा आएको तीन वर्ष पूरा भएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पाइप लाइनबाट न्यून लागत र शून्य चुहावटमा निरन्तर इन्धन आपूर्ति गर्न सफल भएको नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रदीपकुमार यादवले बताए । यसबाट ढुवानी खर्चमा लाग्ने पाँच अर्ब बचत गर्न सफल भएको यादवको भनाइ छ । अहिले पाइप लाइनबाट डिजेलमात्र आइरहेकोमा पेट्रोल भण्डारणका लागि ट्याङ्की निर्माण कार्य भइरहेको यादवले जानकारी दिए । सन् २०२४ सम्ममा पेट्रोल र मट्टीतेलसमेत पाइप लाइनबाट आयात गर्ने लक्ष्य रहेको उनले बताए ।

Motihari Amlekhganj Press Meet1662727724.jpg

Royal Enfield Island Ad

नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा वितरण प्रणालीलाई सुनिश्चित गर्न यो डिपो सञ्चालनमा ल्याइएको हो । कुल ६७ हजार ७२४ वर्गमिटर क्षेत्रमा फैलिएको यो डिपो नेपालकै सबैभन्दा ठुलो भण्डारण क्षमता भएको डिपो हो । सुरुको समयमा डिपोको क्षमता ४ हजार ४८० किलोलिटर रहेकोमा अहिले १९ हजार ८४० किलोमिटर डिजेल, ३ हजार ४३० किलोलिटर पेट्रोल र ७६० किलोलिटर मट्टीतेल भण्डारणको क्षमता रहेको छ । यो डिपोको क्षमताले मात्र देशको २.५ दिनको पेट्रोलियम माग धान्न सक्ने अवस्था रहेको बताइएको छ ।

यो डिपोले अहिले २६ जिल्लाको आपूर्ति व्यवस्थापन गर्दै आएको छ । जसअन्तर्गत ४२४ डिलर र २६४ ढुवानीकर्ता रहेका छन् । अमलेखगञ्ज डिपोबाट अहिले विराटनगर, जनकपुर, थानकोट, पोखरा, भलवारी डिपोमा स्टक ट्रान्सफर हुँदै आएको छ । अहिले दैनिक औसत पाँच हजार किलोलिटर इन्धन स्टक ट्रान्सफर र ६ हजार ५०० किलोलिटर इन्धनको आपूर्ति तथा वितरण गर्दै आएको बताइएको छ ।

मोतिहारी–अमलेखगञ्ज परियोजना दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना हो । कुल ६९.२ किलोमिटरको यो पाइपलाइन भारततर्फ ३३ र नेपालतर्फ ३६.२ किलोमिटरमा फैलिएको छ । २०७६ भदौ २४ गतेदेखि यो पाइपलाइनबाट इन्धन आपूर्ति सुरु गरिएको हो पाइपलाइनको क्षमता २५ लाख किलोलिटर रहेको बताइएको छ । यो पाइप लाइनबाट पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro